सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १४ चैत्र २०८१ / Friday, 28 March 2025

लुम्बिनी प्रदेशमा प्रतिपक्ष एमाले र सरकारबीच सहमति

प्रकाशित समय: बुधवार, ११ : ०२ बजे असार २० गते



लुम्बिनी प्रदेशमा प्रतिपक्ष एमाले र सरकारबीच सहमति

दाङ । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ । मंगलबार राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गरेर आजदेखि सदन संचालन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।

 

एमालेसँग मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति गरेका हुन् । वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरी बसेका थिए ।सभामुख तुलाराम घर्तीले विपक्षी दलसँग सहमति भएको बताए । असार १ गते आएको बजेटका विषयमा छलफल गर्न १३ गतेदेखि बसेको सदन प्रमुख विपक्षी दल एमालेले लगातार अवरोध गर्दै आएको छ ।

 

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रदेश सभा आज बुधबारका लागि बोलाइएको छ । प्रदेश सभा सचिव दुर्ललकुमार पुनमगरले अनिश्चितकालका लागि मंगलबार स्थगित भएको प्रदेश सभाको दोस्रो अधिवेशनको १७ औं बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको जानकारी दिए ।