ललितपुर,नेपाली कांग्रेस ललितपुर क्षेत्र नं २ ले ४१ औं बिपि स्मृति दिवसको अवसरमा वृक्षारोपण गरेको छ।
महालक्ष्मी नगरपालिका वडा नम्बर -९ ,गणेशमान पार्क रिसाल डाँडामा बिभिन्न प्रजातिका ३५० बिरुवा रोपी वृक्षरोपण गरिएको हो।
गणेशमान पार्क संगै रहेको रिसाल डाँडामा कागती,अम्बा, ओखर, नास्पाती लगायतका बिरुवा रोपी ४१ औं बिपि स्मृति दिवस मनाईएको क्षेत्रीय सभापति महेश खड्काले बताए।
वृक्षरोपण कार्यक्रम बागमती प्रदेशका मन्त्री माननीय रामकृष्ण चित्रकारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै मन्त्री चित्रकारले बीपीले नेपालको राजनीतिक परिवर्तनमा दिएका योगदानलाई सम्मान र कांग्रेसमा बिपीले प्रतिपादन गरेका सिद्धान्तलाई मनन गर्दै आजको दिन मात्र होइन सधै वीपी बिचार प्रयोग गर्न आग्रह गरे।
वृक्षरोपण कार्यक्रममा डिभिजन वन कार्यालय ललितपुरका वन अधिकृत रामकुमार भण्डारी, महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जन, नेपाली काँग्रेस क्षेत्र नम्बर २ प्रदेशसभा क र खका सभापति, नगरका सभापति, नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि, भातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधिहरु एवं कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--