भूकम्पपछि तातोपानी नाका सञ्चालन नहुँदा देशले ठूलो राजस्व गुमाएको छ । दैनिक डेढ करोड बढी संकलन हुने नाका बन्द हुँदा नेपाल–चीनबीच व्यापार गर्ने व्यवसायीहरु अधिकांश विस्थापित बन्न पुगे । नाकामै रहेर भारी बोकेर जीविकोपार्जन गर्नेहरु मर्कामा परेका छन् । उता केरुङ नाकाबाट पनि व्यापार गर्न सहज नभएको अवस्था छ ।जुरे पहिरो, भूकम्प अनि भोटेकोशी बाढीले जिल्लाको आर्थिक अवस्थालाई नगाँजेको हैन । यी विपत्तिले सिन्धुपाल्चोकका व्यवसायीलाई आर्थिक उचाईंमा पुग्न केही बाधा बन्यो । निकै चुनौति आए । समस्या समाधानका लागि अनेकौं प्रयास भए । कति सफल भए । कति अड्किए ।कृषिबाटै पनि सिन्धुपाल्चोक अर्थतन्त्रमा अब्बल छ । अनेकौं समस्याका बाबजुद पनि जिल्ला आफैमा आत्मनिर्भर पनि छ । यसको विकासका लागि भएका प्रयास, तातोपानी नाका सञ्चालन अनि व्यवसायीको हितका लागि गरिएका प्रयास र विविध सन्दर्भमा आधारित रहि सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठ सँग गरिएको कुराकानी ।
जिल्लाको पहिचान झल्काउने मुख्य व्यवसाय के हो ? यसको अवस्था के छ ?
जिल्लाको पहिचान झल्काउने मुख्य व्यवसाय भनेको अहिलेको पर्यटन र कृषि हो, साथ साथै जिल्लाको तीनवटै क्षेत्रमा विभिन्न धार्मिक स्थल र कुण्डहरु पनि छन् पर्यटकहरुलाई यहाँसम्म घुम्न जानको लागि व्यवस्था मिलाउन सके र विभिन्न ठाउँहरुमा होम स्टेको व्यवस्था गर्न सक्यो भने रोजगारीको पनि सृजना हुने र साथै होटेल व्यवसायी पनि फस्टाउने सम्भावना छ । भैरवकुण्ड, पाँचपोखरी, ऐतिहासिक किल्ला दुगुनागढी लाङटाङ राष्ट्रिय निकुञ्जजस्ता पर्यटनको सम्भावना बोकेका धेरै सम्पदाहरु जिल्लामा छन् । हालै मात्रै लाङटाङ राष्ट्रिय निकुञ्जलाई अमेरिकको चर्चित पत्रिका न्यूयोर्क टाइम्सले घुम्नैपर्ने विश्वका स्थलमा सूचीकृत गरेको छ । जुन सूचीमा लाङटाङ राष्ट्रिय निकुञ्जलाइ प्रमुख प्राथमिकतामा राखिएको छ । पर्यटकीय क्षेत्रका लागि सिन्धुपाल्चोकमा अनगिन्ति स्थान भए पनि प्रचारको अभावले ओझेलमा छ । यसको प्रवद्र्धनमा सबै एकजुट हुनु अहिलेको आवश्यकता हो किनकि पर्यटनमार्फत पनि जिल्लाको आर्थिक उचाई धेरैमाथि पुग्न सक्छ ।अर्काे प्रमुख पहिचान झल्काउने व्यवसाय कृषि नै हो । सिन्धुमा उत्पादन गरिएका विभिन्न कृषिउपज सामग्री विदेश निर्यात हुने गरेको छ । यहाँ उत्पादित कफी विगत ५,६ वर्षदेखि जापान, कोरिया निर्यात हुँदै आएको छ । जिल्लाका किसानले उत्पादन गरेको कफी बोटमै विक्री हुन्छ । अलैंची पनि पछिल्लो समय भारत, चीनलगायत विभिन्न देशमा पुग्ने गरेको छ । यसबाट पनि यहाँका किसानको आम्दानी सन्तोषजनक पाइएको छ । सिन्धुपाल्चोक नेपालमै यस्तो नमूना जिल्ला हो जहाँ एकै दिनको पैदलबाट पनि हिमाल, पहाड र तराईको हावापानीको महसुुस गर्न सकिन्छ । त्यसैले पनि यहाँ जुनसुकै खेती गर्न सकिन्छ । मुलुककै पहिलो ब्रान्ड नाम दिएको आलु पनि यही जिल्लाको उत्पादन हो । जिल्लाका किसानहरुले उत्पादन गरेको विभिन्न तरकारी, फलफूल राजधानी भित्रिरहेकाले कृषि व्यवसाय पनि जिल्लाको पहिचान हो ।
भूकम्पपछि तातोपानी नाका पूर्ण रुपमा बन्द भएको छ यसको कस्तो असर परेको छ ?
भूकम्पपछि तातोपानी नाका पूर्ण रुपमा बन्द हुदाँ धेरै नै ठूलो असर परेको छ । सिन्धुपाल्चोक जिल्लाका धेरै मानिसहरु यहि नाकाबाट व्यापार व्यवसाय गरेर आफनो जिविकोपार्जन गर्नेहरु अहिले धेरै जसो विस्थापित नै भएका छन् । पेशा नै परिवर्तन गर्नुपर्ने अवस्थासमेत आयो ।
केरुङ नाकाबाट व्यवसाय गर्न सहज अवस्था छैन । भूकम्पपछि नाका बन्द हुँदा धेरै व्यवसायी आपै ऋणको मारमा परेका छन् । भन्सार भैसकेका आफ्नो सामान ल्याउन नपाउँदा एकै दिनमा पनि लाखौं ब्याज व्यवसायीले तिर्नुपरेको अवस्था भएकै कारणले पनि व्यवसायको आर्थिक जीवनस्तर खस्कियो । वर्षौसम्म व्यापार गर्न सक्ने अवस्था भएन । खासा यार्डसम्म आईपुगेका सामग्री नेपाल भित्र्याउन नसक्दा बजार पनि प्रभावित भयो । अधिकांश सामान बिग्रिए ।नाकामा रहेर व्यापार गर्ने साना व्यवसायी पनि मर्कामा परे । भारी बोकेरै जीवन गुजारा गर्ने साथीहरुको उठीबास नै भयो भन्दा फरक नपर्ला । आम्दानीको एकमात्रै स्रोत गुमेपछि धेरै स्थानीयवासीसमेत विस्थापित बने ।नाका बन्द हुँदा राज्यलाईसमेत निकै नोक्सानी परेको छ । तातोपानी भन्सार कार्यालयले मात्रै दैनिक डेढ करोडको हाराहारीमा राजस्व संकलन गर्ने गरेको थियो । त्यो गुमेको छ । तातोपानी, कोदारी, लिपिङ बजारमा हुने चहलपहल, आन्तरिक तथा बाह्य पर्यटकबाट हुने होटलका व्यवसाय एकै चोटी शून्यमा झर्यो ।अरनिको राजमार्गमा हुने व्यवसायिक प्रगति जिरोमा पुग्यो । अझ प्रमुख असर त नेपाल चीनबीचको सामाजिक, आर्थिक तथा व्यवहारिक सम्बन्धमा परेको देखिन्छ ।
नाका सञ्चालन गर्न संघले कस्तो भूमिका निर्वाह गरिरहेको छ ?
तातोपानी नाका सञ्चालन गर्नको निमित्त सघंले नेपाल सरकारको सम्बन्धित निकायहरुमा ज्ञापन पत्र बुझाएका छौ र छिटो भन्दा छिटो नाका सञ्चालनमा ल्याउनको लागि विभिन्न कार्यक्रम गरि छलफल गरिरहेका छौ र अहिले पनि सम्बन्धित निकायहरुमा पहल गरिरहेका छौ ।
नाका सञ्चालन नहुदाँ कुन कुन क्षेत्र धरासायी भएको छ ?
नाका सञ्चालन नहुदाँ धेरै जसो क्षेत्र धरासायी बनेको छ । व्यापार, व्यवसायदेखि जिल्लाको अर्थतन्त्रमा योगदान दिने विभिन्न क्षेत्र मर्कामा परेको छ । जलविद्युत क्षेत्र पनि त्यसको सिकार बन्यो । विशेषगरी अरनिको राजमार्गको दोलालघाटदेखि सीमासम्मका साना तथा ठूला व्यवसायी मारमा परे । मासिक करोडौं रुपैयाँको कारोबार हुने क्षेत्र एकैचोटी शून्यमा आउनु भनेको चानचुने हैन । तातोपानी नाका सिन्धुपाल्चोकका व्यवसायीहरुले मात्र नभएर नेपाल अधिराज्य भरको व्यवसायीहरुले व्यापार गरिएको नाका हो र नाका सञ्चालनमा नहुदाँ हजारौँ ट्रक कन्टेनर व्यवसायी होटल व्यवसायी दैनिक व्यवसाय गरेर बिहान बेलुका छाक टार्ने चार सय भन्दा बढी व्यवसायी र लोडर सघंको चार सय भन्दा बढी मजदुरहर र त्यसै गरि लिपिङ् , तातोपानी, बाह्रबिसे, खाडीचौर, चौतारा, मेलम्ची बजारमा दैनिक लाखौँको व्यापार समेत अहिले ठप्प छ ।
संघले साना लगानीकर्ताको व्यवसायलाई कसरी प्रोत्साहन गरिरहेको छ ?
संघले साना लगानीकर्ताको लक्षित गरेर कृषि व्यवसाय गर्ने व्यवसायीको लागि बिना धितो पचास हजार सम्म कर्जा उपलब्ध गराउने जानकारी गरायका थियौँ अहिले सम्म सघंमा यो माग भएको छैन र अन्य साना व्यवसायीको हकमा समय समयमा हुने बिलको समस्या र बजार व्यवस्थापनको समबन्धमा सघंले पहल गरेको छ ।साना लगानीकर्ताको व्यापार स्तरोन्नतिका लागि संघ सकारात्मक छ । विभिन्न खाले सहयोग गरेर उनीहरुलाई अब्बल व्यापारी बनाउने हाम्रो अभियान पनि छ । यसका लागि साना लगानीकर्ता साथीहरुले संघप्रति ‘किप न टच’मा रहे संघलाई निकै सजिलो हुन्छ । उद्योग बाणिज्य संघबाट हुने कार्य सम्पादनमा साना र ठूला गरि सबै खाले व्यवासायीको उत्तिकै कर्तव्य, जिम्मेवारी र अवसर प्रदान गरेका छौ ।
जिल्लामा साना उद्योगको विकास किन हुन सकेको छैन ?
जिल्लामा साना उद्योगको विकास हुन सुरुवात भईरहदाँ २०७२ सालको भुकम्पले सिन्धुपाल्चोक जिल्लालाई धेरै नै क्षति गरायो । उद्योगको विकासले गति लिइसकेको अवस्थामा फेरि शून्यमा झर्नु नै यतिबेला विकास नदेखिएको हो । निर्माणाधिन साना उद्योग पनि निकै क्षति भयो ।
अब उद्योगहरु सञ्चालनको लागि सबै क्षेत्रबाट पहलको सुरुवात गरि अघि बढ्नु पर्ने आवश्यक छ र त्यस पछि केहि उद्योगहरु सञ्चालनमा आउने सम्भावना छ । सुरु हुन लागेका उद्योगलाई कसरी व्यवबस्थित गर्ने भन्नेबारे संघमा छलफल, बहस सुरु भइसकेको छ ।
राजधानीसँग जोडिएको जिल्ला भएर पनि औधोगिक क्षेत्रमा किन लगानी भित्रन सकेन ?
सिन्धुपाल्चोक जिल्ला जलस्रोतको धनी जिल्ला हो र यहाँ जति पनि जलविद्युत आयोजनाहरु सञ्चालनको क्रममा छन् समय समयमा बन्द हडताल भई रहने त्यसै गरि क्रसर व्यवसायीहरुले पनि समय समयमा विभिन्न समस्या भोग्नु पर्ने भएको कारणले गर्दा पनि लगानी भित्रन सकेको छैन ।
व्यवसायीहरुले सुरक्षाको प्रत्याभूति गर्न नसकेको तथ्यलाई हामीले स्वीकार गर्नुपर्छ । लगानीमैत्री वातावरण बन्न नसक्नु नै जिल्लामा औद्योगिक लगानी नभित्रिएको हो भन्ने लाग्छ ।
कृषिमा आधारित उद्योग व्यवसायलाई प्रोत्साहन गर्न नसकेको आवाज उठ्ने गरेको छ नी ?
सघंको पहिलो प्राथमिकता भनेकै कृषि व्यवसायहरुलाई प्रोत्साहन गर्ने उद्धेश्य हो । हामीकहाँ अलैचीँ, कफि, चिया, ट्राउट माछा र अन्य कृषिजन्य वस्तुुहरु उत्पादन हुन्छ । अझै भन्नैपर्दा कृषिबाटै जिल्लाको आर्थिक अवस्था धान्नेसक्ने क्षमता छ । कृषिमा आधारित उद्योग व्यवसायीहरुको समस्यार्ला समाधान गर्नु नै संघको कर्तव्य पनि हो । व्यवसायीलाई कहाँ कस्ता चूनौति छन् । जिल्लामा सम्भावनाहरु के छन् अनि व्यवासायका लागि के के को आवश्यक छ । त्योबारे संघमा कुरा आउनु जरुरी छ । विभिन्नखाले समस्या समाधानका लागि र सघंको तर्फबाट के गर्दा व्यवसायीहरुलाई सहज हुुन्छ त्यो कुराहरु सघंमा ल्याउनुस भनरे हामीले पटक पटक भनेका छौं । भन्नैपर्दा कोही पनि कृषक व्यवसायहरुले आधिकारिक कुराहरु सघंमा ल्याएका छैनन् । अझै पनि म सम्पुर्ण कृषक व्यवसायहरुलाई भन्न चाहान्छु यहाँहरुको समस्या लिएर सघंमा आउनुस त्यसको छलफल गरि समस्याको समाधान गर्न सकिन्छ ।
जिल्लामा रेमिट्यान्समार्फत ठूलो रकम भित्रने गरेको छ त्यसलाई व्यवसायमा लगाउन सके रोजगारी सिर्जना गराउन सकिन्थ्यो ।
व्यक्तिको आम्दानी पनि बढ्थ्यो त्यसमा संघको योजना के छ ?
जिल्लाबाट वैदेशिक रोजगारीमा जाने युवाहरु धेरै हुनुहुन्छ । त्यसैको अनुपातमा रेमिट्यान्स पनि भित्रिएको छ । तर, संघसँग रेमिट्यान्स भित्रिएको तथ्यांक छैन । हामीले लिन सकेका पनि छैनौं । यो बडो चूनौतिपूर्ण काम हो । र, पनि हामीले धेरै रेमिट भित्र्ने गाउँमा सबै एकजुट भएर व्यवसायमा लगानी गर्नुु भनेर सुझाएका छौं ।जिल्लाको हेलम्बु, किउलका बासिन्दाको पहुँच युरोप, अमेरिकमा छ । त्यहाँकागाउँवासी अहिले पर्यटक प्रवद्र्धनका लागि लागि पर्नुभएका पनि छ । गाउँमै करोडौंमा रिसोर्टहरु स्थापना पनि भएका छन् रेमिट्यान्सकै रकमले । यसरी हेर्दा केही रोजगारीको वातावारण रेमिट्यान्सले पनि गरेको छ । तर, अपेक्षाकृत भने यो होईन् ।जिल्लाको सबै गाउँबाट विदेशमा जानेको संख्या अहिले झनै बढ्दो रहेको विभिन्न तथ्यांकले देखाउँछ । यसले जिल्लामा अझै रेमिट्यान्स बढ्ने संकेत गरेको छ । यसर्ला सही काममा सदुपयोग गर्रा जिल्लामा रोजगारीको वातावरण सिर्जना गरि आफै आत्मनिर्भर बनाउन संघले विभिन्न किसिमका योजनालाई एजेण्डा बनाएको छ । रेमिट्यान्सर्ला सदुपयोग गरि आर्थिक समृद्धिका लागि हरे गाविसमा सचिवसँग समन्वय गरि व्यवसायमा लगानी गर्न चेतनामूलक कार्यक्रम लैजाने, आयमूलक सीको प्रवद्र्धन गर्नेजस्ता योजना हामीले लिएका छौं ।
संघले व्यवसायीको हितका लागि तपाईको कार्यकालमा के कस्तो भूमिका निर्वाह ग¥यो ?
व्यवसायीको हितका लागि सिन्धुपाल्चोक जिल्लाका तीनवटै क्षेत्रमा पटक पटक व्यापारीहरुसँग छलफल भएको छ । व्यवसायीर्लाइ आएका समस्या र तिनका समाधानका उपाय पहिल्याईएको पनि छ । हालसम्म भएका प्रगति र अबको सम्भावनाका बारेमासमेत अन्तरक्रिया भएको छ । यस्ता कार्यक्रमले व्यवसायीर्ला अगाड बढ्न सहज हुने देखिएको पनि छ ।सीमा क्षेत्र लिपिङ्, तातोपानी, बाह्रबिसे, खाडीचौर, चौतारा, मेलम्ची र अन्य ठाउँका व्यवसायीहरुलाई सघंले समय समयमा बैठक राख्ने गरेको हो । सघंले मुख्य गरी कृषि र पर्यटक व्यवसायीहरुलाई प्रोत्साहन गर्नको लागि सिन्धुपाल्चोकको तीनवटै क्षेत्रमा होम स्टेको व्यवस्था गरि यसको सुरुवात सघंकै तर्फबाट गर्ने योजना बनाएका थियौ भुकम्पको कारण यसलाई हामीले निरन्तरता दिन सकेका छैनौं ।मेरो कार्यकालमा सिन्धुवासीले धेरै विपत्तिको सामना गर्नुपरेको छ । जुरे पहिरो, भूकम्प अनि भोटेकोशी बाढीले जिल्लावासीलाइ सँधै सन्त्रासमा बाँच्न बाध्य बनायो । जुरे पहिरोपीडितलाई संघले १ करोड २० लाखको हाराहारीमा नगद वितरण गरेको मेरै कार्यकालमा हो । त्यसपछि भूकम्पपीडितलाई विभिन्न जिल्लाका उद्योग बाणिज्य संघले संकलन गरेर पठाएको रकम हामीले राहत वितरण गरेका छौं ।शाखा कार्यालय विस्तार पनि तीव्र गतिमा अघि बढेको छ । मेलम्ची शाखाको भवन बनिसकेको छ । चौतारामा पनि सुरु हुने क्रम छ । अहिले सघं भौतिक निर्माण सम्पन्न तर्फ अघि बढि रहेको छ ।
जिल्लामा आर्थिक उन्नतिका लागि राजनीतिक दलको व्यवसायिक क्षेत्रमा कत्तिको सहयोग छ ?
राजनीति विकासको मूल आधार हो । समृद्ध सिन्धुपाल्चोक निर्माणका लागि राजनीति दल जिल्लामा सक्रिय छ । व्यवसायीको हितका लागि दल सकारात्मक छन् । व्यवसायीसँगको समन्वयमा दलहरुले आर्थिक क्रान्तिमा होमिएका छन् । जिल्लाको अािर्थक उन्नतिमा व्यवसायीको भूमिका महत्वपूर्ण हुने भएकाले दलको सहयोगर्ला हामीले योगदानकै रुपमा लिएका छौं
राजनीतिक दलहरुकै अगुवाईमा आयोजनाहरु बन्द हुन्छन्, ताला लगाईन्छ । तोडफोड गरिन्छ । यस्तो किन हुने गर्छ ? यसको समाधानका लागि के जरुरी हुनसक्छ ।
समय समयमा हुने बन्दले आयोजनाहरुलाई धेरै असर परेको छ । आयोजना निर्माणबाट स्थानीयले साउने सुविधा वृद्धि, मुआब्जालगायतका विषयमा विवाद आएपछि आयोजनामा ताला लगाउनेजस्ता कार्य हुँदै आएको हामीले स्वीकार्नुपर्छ । मुख्य गरि सिन्धुपाल्चोकमा अहिले जलविद्युत आयोजनाहरुलाई कुनै पनि समयमा बन्द हड्ताल नगरी परेको समस्यालाई सम्बन्धित कम्पनीसँग बसेर छलफल गर्ने र हामीले राजनीतिक दललाई पनि भनेका छौ । समस्याको समाधानका लागि बन्दहड्ताल हैन तत्कालै राजनितिक दल सम्बन्धित कम्पनीका सज्चालक ज्यूहरु र निजि सघंसस्था प्रतिनिधि ज्यूहरु बसि एक किसिमको निति नियम बनाएर अघि बढनको लागी राजनितिक दलहरुलाई अनुरोध गरेका छौ । यसै गरि हरेक क्षेत्रमा सबै निकाय मिलेर अघि बढ्न आवश्यक छ । र अब समृद्ध सिन्धुपाल्चोकको नारा लिएर अघि बढ्नको लागि सम्पुर्ण राजनितिक दलहरु एक जुट भएर अघि बढ्नको लागि अनुरोध गरेका छौ । र हामी निजि क्षेत्र सबै निकाय सघं हातेमालो गर्दै अघि बड्ने छौ । यस्ता समस्याको समाधानका लागि दुवै पक्षबीचको सम्झौता मूल कसी हुन सक्ला ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ