काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चन्द्र भण्डारीसहित ८ जनालाई केन्द्रीय कार्य समिति सदस्यमा मनोनीत गरेका छन् । ८ मध्ये शेखर समूहबाट भण्डारी र शारदा पौडेलमात्र छन् ।
भण्डारीसहित मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, शिवप्रसाद हुमागाईं, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत भएका छन् ।
भण्डारी महाधिवेशनमा उपसभापति उम्मेदवार भई पूर्णबहादुर खड्कासँग पराजित भएका थिए । केन्द्रीय सदस्यमा मनोनीत मानबहादुर विश्वकर्मा जीवन परियारसँग सहमहामन्त्रीमा पराजित भएका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--