सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १८ मंसिर २०८० / Monday, 04 December 2023

नेपाली लेखक संघ ललितपुरको अध्यक्षमा रामसुन्दर के.सी. चयन



प्रकाशित समय: आइतवार, ०७ : ५२ बजे आश्विन २८ गते



नेपाली लेखक संघ ललितपुरको अध्यक्षमा रामसुन्दर के.सी. चयन

ललितपुर,नेपाली लेखक सङ्घ ललितपुरको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

नेपाली कांग्रेस निकट नेपाली लेखक सङ्घको प्रथम जिल्ला अधिवेशनबाट सर्वसहमत रुपमा लेखक तथा साहित्यकार रामसुन्दर केसी अध्यक्षमा चयन भएका छन्। 

 

नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको भवन नखिपोटमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा अर्चना झा चयन भएकी छन् । त्यस्तै सचिबमा कृष्ण पौडेल, सहसचिवमा अनुप घिमिरे र कोषाध्यक्षमा राजकुमार थापा चयन भएका छन् ।

११ जना रहेको कार्यसमितिको सदस्यहरुमा बुद्धराम थिङ्ग, पवित्रा अधिकारी, कमल प्रसाद तिमिल्सिना, मनोहर गौतम, श्रीराम पौडेल र उषा केसी चयन भएका छन् ।

 

नेपाली कांग्रेस पार्टीका महामन्त्री माननीय विश्वप्रकाश शर्माको प्रमुख अतिथ्यतामा सम्पन्न अधिवेशनमा वरिष्ठ साहित्यकार डा. तुल्सी भट्टराई, मदनपुरस्कार विजेता डा. नवराज लम्साल नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति जितेन्द्रकुमार श्रेष्ठ लगायतको उपस्थित रहेको थियो ।

 

कार्यक्रमको उद्घाटन समारोहमा महामन्त्रीले शर्माले लेखकले लेख्दा निराश हैन जहिले पनि विश्वास र आशालाई जगाएर लेख्न आग्रह गरे ।

 

 उनले भने, 'नेपाली लेखक संघ नेपाली कांङ्ग्रेसको बैधानिक शुभेच्छुक संस्था हैन,तर लेखकले जहिलेपनि स्वतन्त्रपूर्वक हिजो, आज र भोलिको कुराको समीक्षा गरेर कलम चलाउनु पर्छ जुन कि युग-युगसम्म मानिसको मन मष्तिकमा रहन्छ ।' 

 'त्यसैबाट कांग्रेसलाई बलियो बनाउन मद्दत पुग्छ।'

 

 नेता शर्माले एउटा नेताको मन्तव्य भन्दा एउटा लेखकको लेखनले तागत राख्ने भएको कारणले नयाँ बन्ने कार्यसमितिले उर्जाका साथ काम गर्न सकोस् भन्ने कामना व्यक्त गरे।

 

कार्यक्रममा साहित्यकार एवं लेखकहरूले गीत, गजल, कथा तथा कविता वाचन गरेका थिए ।