सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ श्रावण २०८१ / Tuesday, 16 July 2024

शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु



प्रकाशित समय: मगलवार, ०९ : ०७ बजे कार्तिक १४ गते



शरण लिएको स्थानमा नै इजरायली हमला, १४ प्यालेस्टाइनीको मृत्यु

गाजा । मध्य गाजा पट्टीमा भएको इजरायली हमला परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । सोमबार राति अल नुसेरात शरणार्थी शिविरमा रहेको एक आवासीय परिसरमा इजरायली हवाई आक्रमण परी कम्तीमा १४ जनाको मृत्यु भएको प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जनाएको छ ।

वाफाका अनुसार पीडितहरूलाई देइर अल बालाहको अल अक्सा अस्पतालमा ल्याइएको थियो, जहाँ उनीहरूलाई मृत घोषित गरिएको थियो । तिनीहरू माकोसी र बकरी परिवारका थिए, जो गाजा पट्टीको उत्तरबाट भागेर शिविरको अल दावा जिल्लाको हमदान परिवारको भवनमा शरण लिएका थिए ।