सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १८ मंसिर २०८० / Monday, 04 December 2023

सरस्वती विद्याश्रम मा. वि. को स्वर्ण महोत्सव २०८० को लोगो सार्वजनिक



प्रकाशित समय: शुक्रवार, ०३ : ५३ बजे कार्तिक २४ गते



सरस्वती विद्याश्रम मा. वि. को स्वर्ण महोत्सव २०८० को लोगो सार्वजनिक

ललितपुर, महांकाल गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री सरस्वती विद्याश्रम माध्यामिक विद्यालयले स्वर्ण महोत्सवको तयारी सुरु गरेको छ । विक्रम सम्वत् २०३० साल माघ २१ गते स्थापना भएको विद्यालयको २०८० माघ २१ गते ५० बर्ष पुरा हुने अवसरमा महोत्सवको तयारी थालेको हो। 

 

स्वर्ण महोत्सव २०८० को पूर्व तयारीका लागि विद्यालय द्वारा आयोजना गरिएको उपत्यका भेलामा सरस्वती विद्याश्रम मा. वि. को "स्वर्ण महोत्सव २०८०" को लोगो सार्वजनिक गरिएको छ। भेलाका प्रमुख अतिथि ऋषि देव फुँयालले स्वर्ण महोत्सव २०८० को लोगो सार्वजनिक गरेका थिए। 

 

महोत्सव माघ २०,२१ र २२ गते आयोजना गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिजयकुमार दहालले जानकारी दिए । उनले स्वर्ण महोत्सव सम्पन्न गर्न १५१ सदस्य मूल समारोह समिति गठन गरिएको बताए। 

स्वर्ण महोत्सव २०८० को पूर्व तयारीका लागि विद्यालय द्वारा आयोजना गरिएको उपत्यका भेलामा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष दहालले महोत्सवलाई दक्षिण ललितपुरको चिनारीको रूपमा पनि लैजान चाहेको कुरा बताए। 

 

विद्यालयका प्रधानाध्यापक रमेश घिमिरेले महोत्सव सम्पन्न गर्न विभिन्न उप समितिहरू गठन गरेर तयारी थालिएको बताए। 

 

कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी प्रितम बजगाईंले निशुल्क रुपमा तयार पारेको विद्यालयको वेवसाइट (www.svss.edu.np) सुभारम्भ समेत गरिएको थियो।