काठमाडौं । हमास विद्रोहीको पक्ष लिइरहेको लेबनानको हिजबुल्लाह समूहलाई इजरायलले कडा चेतावनी दिएको छ । इरान समर्थित समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहले इजरायलले प्यालेस्टाइनको विद्रोह दबाउने प्रयास गरेको भन्दै विरोध गरेका थिए। उनले इजरायलको यो प्रयास कहिल्यै सफल नहुने चेतावनीसमेत दिएका थिए ।
साथै उनले प्यालेस्टाइनको आगामी पिढीले इजरायलविरुद्ध थप चर्को विद्रोह गर्ने बताएका थिए । नरसल्लहको यो अभिव्यक्तिपछि इजरायलका रक्षामन्त्री योआव ग्यालेन्टले कडा प्रतिक्रिया जनाए। उनले हिजबुल्ला एक गम्भीर गल्तीको नजिक पुगेको भन्दै लेबनानको राजधानी बेरुतको अवस्था गाजाको जस्तो बनाइदिने चेतावनी दिए ।
उनले हिजबुल्लाहले गर्ने गल्तीले लेबनानी नागरिकले मूल्य चुकाउनुपर्ने भन्दै गाजाको हालत बनाउने चेतावनी दिएका हुन्। उनले गाजाका नागरिकहरु अहिले सेतो झण्डा उठाएर भागिरहेको भन्दै हिजबुल्लाह प्रमुखलाई त्यस्तो अवस्था आउन नदिन, ठिक ठाउँमा बस्न चेतावनी दिएका हुन् । इजरायलले गाजामा जारी राखेको आक्रमणमा हालसम्म ११ हजार बढीको मृत्यु भइसकेको छ। हमासको आक्रमणमा परी इजरायमा १२ सयको ज्यान गएको छ ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--