एजेन्सी । न्युजिल्याण्डलाई पराजित गर्दै घरेलु टोली भारत १२ वर्षपछि आईसीसी विश्वकप २०२३ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै आयोजक भारत सन् २०११ पछि विश्वकपको उपाधि नजिक पुगेको हो।
भारतले दिएको ३ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ४८.५ ओभरमा ३ सय २७ रन बनाउँदा अलआउट भयो। न्युजिल्याण्डलाई कम स्कोरमा रोक्न मोहम्मद सामी एक्लैले ७ विकेट दिए। घातक बलिङ गरेका सामीले ९.५ ओभरमा मात्र ५७ रन दिएर ७ विकेट आफ्नो नाममा गरे।
जसप्रित बुमराह, मोहम्मद सिराज र कुलदिप यादवले समान एक विकेट लिए। न्युजिल्याण्डका कप्तान केन विलियम्सन र डर्याल मिचेलले तेस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरे।
डर्याल मिचेलले सर्वाधिक १ सय ३४ रन बनाए पनि टोलीको हार टार्न सकेनन्। उनले १ सय १९ बलमा ९ चौका र ७ छक्का प्रहार गर्दा मोहम्मद सामीको बलमा रविन्द्र जडेजाको हातबाट क्याच आउट भए। कप्तान केन विलियम्सन ६९ रनमा क्याच आउट भए । ग्लेन फिलिप्स ४१ रनमा आउट भए।
त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ९८ रनको विशाल योगफल तयार पारेको थियो। न्युजिल्याण्डलाई विशाल योगफल दिने क्रममा विराट कोहली र युवा ब्याटर श्रेयस ऐरले शतकिय पारी खेले।
कीर्तिमानी प्रदर्शन गरेका विराट कोहलीले १ सय १३ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक १ सय १७ रनको योगदान दिए। विराटको यो ओडिआइ करियरको ५० औं शतक हो। विराटले यसअघि सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमान तोडेका हुन्।
ऐरले ७० बलमा ४ चौका र ८ छक्कासहित १ सय ५ रन बनाए। कप्तान रोहित शर्माले ४७ रन बनाए। शुभमन गिल ८० र लोकेश राहुल ३९ रनमा नट आउट रहेर न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिए। ट्रेन्ट बोल्टले १० ओभरमा ८६ रन खर्चेर १ विकेट आफ्नो नाममा गरे। आज बिहिबार हुने दोस्रो सेमिफाइन्लमा अष्ट्रेलिया र दक्षिण अफ्रिका भिड्नेछन्। फाइनल खेल आइतबार हुनेछ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--