सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १८ मंसिर २०८० / Monday, 04 December 2023

विश्वकपको फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै



प्रकाशित समय: बिहिवार, ११ : १४ बजे कार्तिक ३० गते



विश्वकपको फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै

काेलकाता । आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ । कोलकाताको इडेन गार्डेनमा हुने खेल दिउँसो सवा २ बजे सुरु हुनेछ । फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र अष्ट्रेलिया आमने सामने हुन लागेका हुन् । फाइनल प्रवेश गर्ने टिमले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार न्युजिल्याण्डलाई हराउँदै भारत प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

साउथ अफ्रिका दोस्रो स्थानमा रहदै सेमिफाइनल प्रवेश गरेको हो भने अष्ट्रेलिया तेस्रो स्थानमा रहेर अन्तिम ४ मा प्रवेश गरेको हो । समूह चरणको खेलमा साउथ अफ्रिकाले अष्ट्रेलियालाई १ सय ३४ रनले हराएको थियो । दुवै टिमले समूह चरणमा ७ खेलमा जित र २ खेलमा हार ब्यहोरेका थिए । पाँच पटकको विश्व विजेता अष्ट्रेलिया डेविड वार्नरको विस्फोटक ब्याटिङबाट धेरै आश गरेको छ । स्पिनर एडम जम्पाबाट अष्ट्रेलियन टिम बढी निर्भर देखिन्छ ।

दुवै टिम एकदिवसीय खेलमा १ सय ९ पटक भिडेका छन् । जसमा साउथ अफ्रिकाले ५५ खेल जितेको छ । अष्ट्रेलिया ५० खेलमा विजयी छ । जसमा तीन खेल बराबरी र एक खेल नतिजा विहीन छ । साउथ अफ्रिकाले अष्ट्रेलियाविरुद्ध पछिल्ला ५ मध्य ४ खेल जितेको छ ।

सम्भावित प्लेइङ ११

अष्ट्रेलिया: प्याट कमिन्स (कप्तान), डेभिड वार्नर, ट्राभिस हेड, मिचेल मार्स, स्टिभ स्मिथ, मार्नस लाबुस्चेन, ग्लेन म्याक्सवेल, जोस इंग्लिश (विकेटकीपर), मिचेल स्टार्क, एडम जाम्पा, जोश हेजलवुड ।

दक्षिण अफ्रिका: टेम्बा बावुमा (कप्तान), क्विन्टन डी कक, रसी भान डेर डुसेन, एडेन मार्कराम, डेभिड मिलर, हेनरिक क्लासेन, मार्को जेन्सेन, केशव महाराज, तबरेज शम्सी, कागिसो रबाडा, जेराल्ड कोएत्जी ।