सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १८ मंसिर २०८० / Monday, 04 December 2023

चार राष्ट्र सम्मिलित महिला टी-२० शृङ्खलामा नेपाल तेस्रो



प्रकाशित समय: आइतवार, १० : ४२ बजे मंसिर ३ गते



चार राष्ट्र सम्मिलित महिला टी-२० शृङ्खलामा नेपाल तेस्रो

काठमाडौं । हङकङमा जारी ४ देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपाल तेस्रो भएको छ । तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जापानलाई ४५ रनले हरायो । जितको लागि १ सय १६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७० रन बनायो । 

जापानकी ओपनर अकारी निशीमुराले ५१ बलमा २ चौकासहित सर्वाधिक २९ रन बनाइन् । हिनासी गोटोले ३४ बलमा १ चौकासहित १६ रन बनाइन् । संगिता राई, सीता रानामगर, इन्दु बर्मा, खुशी डंगोल र सोनि पाखृनले समान एक विकेट लिए ।
चार राष्ट्र सम्मिलित शृङ्खलाको फाइनल खेल आइतबार दिउँसो आयोजक हङ्कङ र जान्जनियाबिच खेलिने छ । नेपाली टोली लिग चरणको आफ्नो पहिलो खेलमा तान्जनियासँग २७ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाललाई हङ्कङले नौ विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो ।