काठमाडौं । मुलुकको अर्थतन्त्रको अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डाकेको बैठक आज बालुवाटार बस्दैछ । अर्थतन्त्रको वर्तमान अवस्था र चाल्नुपर्ने कदमका विषयमा सरकारी निकायबीच छलफल गर्न प्रधानमन्त्रीले अपराह्न ४ बजे बैठक बोलाएका हुन् ।
सोमबारको छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। ‘अर्थतन्त्र सुधारका विषयमा निजी क्षेत्रसँग बृहत् बैठककालागि पूर्व तयारी स्वरूप प्रधानमन्त्रीले सरकारी अन्तरनिकायका प्रतिनिधिसँग छलफल गर्न लाग्नुभएको हो’, उनले भने।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--