सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

गोदावरी नगरपालिकामा ' ७ ए साईड वडा स्तरीय फुटबल' प्रतियोगिता सुरु

प्रकाशित समय: शनिवार, ०४ : ५१ बजे पुष ७ गते



गोदावरी नगरपालिकामा ' ७ ए साईड वडा स्तरीय फुटबल' प्रतियोगिता सुरु

ललितपुर,गोदावरी नगरपालिका वडा १ को गोदामचौरस्थित फुटबल ग्राउन्डमा ' ७ ए साईड वडा स्तरीय फुटबल' प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनद्वारा उद्घाट्न गरिएको छ ।

शनिबार गोदावरी नगरपालिका वडा १ को आयोजनामा वडा अध्यक्ष श्रीराज थापाको साभापतित्व तथा नगरपालिका गोदावरी नगरपालिकाको मेयर गजेन्द्र महर्जनको प्रमुख अतिथ्यतामा मेयरले फिफाका रेफ्री राधिका शाक्यलाई बल हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख महर्जनले, 'यस्तै खेल प्रतियोगिताबाट खेलाडी छानिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी बन्छन् भन्नुभयो ।' 

२६ वर्षपछि यस वार्डमा वडा अध्यक्ष श्री राज थापाको नेतृत्वमा फेरि खेल सुरु भएकोमा खेलाडी तथा सबै खेलप्रेमीहरूलाई धन्यवाद तथा शुभकामना उहाँले दिनुभयो ।

अध्यक्षले, 'यस खेलको उद्देश्य यस् खेलबाट उत्कृष्ट हुने खेलाडीलाई फागुनमा हुन लागेको उपत्यका नगरपालिकाको 'चम्पियनसिप मेयर प्रतियोगिता फुटबल' मा समावेश गर्ने छौँ जानकारी दिनुभयो ।'

उद्घाट्न खेल साविकका वडा न १ महेन्द्र र मूलपानी युवा क्लब वडा ३ को बीच प्रतिस्पर्धा भएको छ। 

उक्त प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेकोमा जम्मा खेलाडी १३२ जना रहनेछ ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार दोस्रो हुनेलाई नगद २० हजार र तेस्रो पुरस्कार नगद १० हजार सहित ट्रफी मेडल प्रमाणपत्र हात पार्नेछन् । त्यसैगरी मेन अफ द म्याच हुने र उत्कृष्ट खेलाडीलाई पुरस्कार दिइने खेल संयोजक सुमन आचार्यले जानकारी दिनुभयो।

आयोजकले वडामा रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई सम्मान गर्ने बताए।

कार्यक्रममा वडा १ का अध्यक्ष श्रीराज थापा, वडा १४ का अध्यक्ष निरोजन बज्राचार्य, वडाका कर्मचारीहरू, खेलप्रेमी, प्रहरी, नगर प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार आदिको सहभागिता भएको छ । त्यसैगरी खेल उद्घाटनमा सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको थियो।

खेल अवधिभर खेलाडीहरूलाई कुनै प्रकारको दुर्घटना भएमा प्राथमिक स्वास्थ्य दुर्घटना बीमा २ लाखको दिने व्यवस्था गरिएको छ। 

खेल प्रतियोगिता पुष ७ देखि १४ गतेसम्म सञ्चालन हुनेछन् ।