सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, ७ फाल्गुन २०८१ / Wednesday, 19 February 2025

यू-१९ विश्वपकप उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

प्रकाशित समय: आइतवार, १० : १३ बजे माघ २८ गते



यू-१९ विश्वपकप उपाधिका लागि भारत र अस्ट्रेलिया भिड्दै

काठमाडौँ । आईसीसी यू-१९ क्रिकेट विश्वकपको उपाधि हत्याउन आज (आइतबार) भारत र अष्ट्रेलिया आमनेसामने हुँदैछन्। दक्षिण अफ्रिकाको विलोमार पार्कमा हुने खले नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ।

पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया छैटौँ पटक फाइनलमा पुगेको हो भने चार पटक च्यम्पियन बन्ने दाउमा छ। दुवै टोलीले जित्ने दाबी गरेका छन्। पहिलो सेमिफाइनलमा भारतले दक्षिण अफ्रिकालाई २ विकेटले पराजित गरेको थियो। ५ पटकको विजेता भारत आईसीसी यू-१९ विश्वकपको सर्वाधिक सफल टोली हो। जारी विश्व कपमा नेपालले पनि प्रतिस्पर्धा गरेको थियो।