एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले गरेको आक्रमणमा परी ३१ हजार युक्रेनी सैनिकले वीरगति प्राप्त गरेको बताएका छन् । रुसले शुरु गरेको पूर्णकालीन युद्धको दुई वर्षमा सो संख्यामा आफ्ना सैनिक सहिद भएको उनको भनाइ छ । रुसी सैन्य योजनालाई सहयोग पुर्याउने भन्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले घाइतेको संख्या भने सार्वजनिक गरेनन् ।
सामान्यतया युक्रेनी अधिकारीहरूले हताहतको तथ्याङ्क सार्वजनिक गर्दैनन् । यसअघि आएका अन्य अनुमानहरूमा हताहत हुनेको संख्या धेरै बढी छ । युक्रेनी रक्षामन्त्रीले आधाभन्दा बढी पश्चिमी सहायता आउन ढिलाइ भइरहेको बताउँदै त्यसले सीमा सुरक्षा र जीवनरक्षामै असर पर्ने बताएपछि राष्ट्रपतिले तथ्यांक सार्वजनिक गरेका हुन् ।
रुसी राष्ट्रपति पुटिनले सार्वजनिक गरेको तथ्यांक सत्य नरहेको बताउँदै डेढ लाख वा ३ लाखको संख्यामा सैनिक मारिएको र घाइते भएको भन्ने विवरण सत्य नरहेको प्रप्ट पारे ।
आफ्ना लागि यही ३१ हजार सैनिकको मृत्यु पनि ठूलो क्षति भएको जेलेन्स्कीको भनाइ छ । युद्धमा भएको व्यापक क्षतिको बारेमा बोल्दै जेलेन्स्कीले रुसले कब्जा गरेको युक्रेनको क्षेत्रमा हजारौं नागरिकको मृत्यु भएको तर वास्तविक संख्या भने थाहा नभएको बताए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--