सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ५ जेठ २०८१ / Saturday, 18 May 2024

राष्ट्रिय सभा बैठक बस्दै



प्रकाशित समय: शुक्रवार, ०९ : १७ बजे चैत्र ३० गते



राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजेबाट सुरु हुनेछ ।

 

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले “निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

त्यस्तै कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।