काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारी पिडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताएका छन् । कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगि जस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्धेश्यले संसद बन्द गरको आरोप लगाएका छन् ।
उनले यसबाट सरकार सहकारी पिडितको पक्षमा नरहेको पुष्टि भएको बताउदै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताएका छन् । उनले लाखौँ सहकारी पिडितको अर्बौं बचत हिनामिना गरिएको बताउदै कांग्रेस पिडितको पक्षमा, सुशासनको पक्षमा दृढतापुर्वक उभिने बताएका थिए ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ