सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १४ चैत्र २०८१ / Friday, 28 March 2025

गृहमन्त्री लेखकद्वारा बाढी पहिरो प्रभावित गोदावरीका विभिन्न क्षेत्रको अनुगमन

प्रकाशित समय: आइतवार, ०१ : २९ बजे आश्विन २० गते



गृहमन्त्री लेखकद्वारा बाढी पहिरो प्रभावित गोदावरीका विभिन्न क्षेत्रको अनुगमन

ललितपुर,गृहमन्त्री रमेश लेखकले बाढी प्रभावित क्षेत्र ललितपुरको गोदावरी नगरपालिकाका विभिन्न भागमा अनुगमन गरेका छन्। 

गत असोज ११ र १२ गते आएको भारी वर्षाले क्षति पुर्‍याएको गोदावरी नगरपालिका वडा नम्बर ३ गोदावरी बसपार्कमा रहेको पुल, गोदावरी नगरपालिका वडा नम्बर १० टाखेलको पहिरो, आनन्दवन अस्पताल, वडा नम्बर ६ को टिकाभैरव मन्दिर, टिकाभैरब हुँदै घुसेल जाने सडक कान्ति लोकपथ जोड्ने पुल तथा सडकको निरीक्षण गरेका छन्।

 

वर्षाको कारण सो क्षेत्रमा बाढीपहिराले ठूलो धनजनको क्षति भएको थियो ।

गृहमन्त्री लेखकले बाढीपहिरोबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्थाको बारेमा जानकारी लिएको थिए ।

 

निरीक्षण पश्चात् गृहमन्त्री लेखकले क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरी पठाउन स्थानीय तहलाई निर्देशन दिएका छन्। 

मन्त्री लेखकले विवरण प्राप्त भएको तीन दिनभित्र अस्थायी टहरा निर्माण र आश्रित परिवारलाई दिइने राहत उपलब्ध गराउने प्रतिबद्धता जनाए।

 

गृहमन्त्री सहितको सो टोलीमा ललितपुर क्षेत्र नम्बर १ का सङ्घीय सांसद उदयशमशेर राणा, बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन,बागमती प्रदेश सांसद मधुसुदन पौडेल,जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाल, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, एसएसपी शेखर खनाल, गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी लगायत सहभागी थिए।