सप्तरी । नेपाली सेनाको श्री बरख गणले सप्तरीको दक्षिणी सिमावर्ती बलानबिहुल गाँउपालिका निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । पालिकाको वडा नं.१ स्थित मल्हनियाँमा एक दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरि सर्वसाधारणहरुलाई सेवा प्रदान गरिएको सेनाले जनाएको छ ।
गत साताको अविरल बर्षाको कारण उक्त पालिकाका केही स्थानहरु समेत डुवान तथा कटानबाट प्रभावित भएका थिए । शिविरमा विशेषज्ञ चिकित्सकद्वारा बहिरंग सेवा, दंन्त उपचार सेवा, आँखा जाँच सेवाका साथै प्रयोगशाला परिक्षण सेवा समेत प्रदान गरिएको गणका गणपति प्रमुख सेनानी रमेश पाण्डेले जानकारी दिनुभयो ।
पाण्डेले आफ्नो निजि पहलमा नजिक आंखा नदेख्ने समस्या पहिचान भएका तीन सय जना बिरामिहरुलाई निःशुल्क चस्मा वितरण गर्नुभएको थियो । स्वास्थ्य शिविरमा उक्त गणका अतिरिक्त राजविराज स्थित छिन्नमस्ता अस्पताल, श्री नं. २७ फि.ए. गुल्म तथा बालानबिहुल गाँउपालिकाको स्वास्थ्य शाखाका मेडिकल जनशक्तिहरुले करिव पाँच सय जनालाई सेवा दिएको थियो ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--