ललितपुर ः ललितपुर महानगरले बाढी प्रभावित ६ वटा पालिकालाई साँढे तीन करोड राहत सहायता रकम दिने भएको छ ।
ललितपुर महानगरको बुधबार बसेको कार्यपालिका बैठकले ललितपुर जिल्लाका गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका , महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई ५०÷५० लाख दिने निर्णय गरेको हो । त्यसैगरी बैठकले दक्षिणकाली नगरपालिकालाई एक करोड दिने निर्णय गरेको छ । असोजको दोस्रो साता गएको बाढी पहिरोबाट यी पालिकामा धेरै जनधनको क्षति भएको थियो।
भौतिक पूर्वाधार भत्किएका छन् । पानीको मुहानमा अवरोध पुगेको छ । पानीको पाइप भाँचिएका, परिएका र थिचिएका छन् ।
ललितपुर महानगरद्धारा जारी विज्ञप्तिमा भनिएको छ , ‘ विपद व्यवस्थापनमा सहयोग पुगोस् भनेर सहयोग गरेका हौं । ’ ललितपुरको दक्षिण भेगमा अवस्थित गोदावरी नगरपालिका , महाङ्काल गाउँपालिका, कोन्ज्योसोम गाउँपालिकालाई संघीय सरकारले विपद् संकटग्रस्त पालिका घोषणा गरेको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले अभिभावकत्व ग्रहण गर्र्दै अप्ठ्यरो परेको बेलामा सहयोग गरेको बताए ।
उनले भने, ‘ यो सहयोगले बिग्रिएका, भत्किएका संरचना पुनर्निर्माण गर्न र जनजीवन सहज बनाउन सहयोग पुग्ने विश्वास लिएका छौँ । ’
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2024. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--