सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, २ माघ २०८१ / Wednesday, 15 January 2025

ब्राइट फ्युचर कलेजको आयोजनामा लालाबाला अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव

प्रकाशित समय: बुधवार, ११ : ५२ बजे मंसिर १९ गते



ब्राइट फ्युचर कलेजको आयोजनामा लालाबाला अन्तर्राष्ट्रिय बाल नाटक महोत्सव

काठमाडौँ,"चौथो लालाबाला अन्तर्राष्ट्रिय काठमाडौं बालनाटक महोत्सव २०२४ "हिजो बाट सुरु भएको छ। 

 

शैली (ओजस) थिएटर रातोपुलमा पाँच दिनसम्म चल्ने बालनाटक महोत्सवमा नेपाल, भारत, अस्ट्रेलिया, जर्मनी, डेनमार्क, ओस्टानिया, बङ्गालदेश, श्रीलङ्का गरी आठ देशका कलाकारहरुले नाटक प्रदर्शन गर्नेछन्।

 

महोत्सवमा १७ वटा नाटक र २४ वटा शो हुने छ।

 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हिजो महोत्सवको उद्घाटन गर्दै यस्ता महोत्सवले विभिन्न देशका कला चिन्ने र आफ्नो देशको कला अरु देशलाई चिनाउन मद्दत पुग्ने बताए। 

 

मन्त्री पाण्डेले भने'हामीले विभिन्न देशका कला चिन्नेछौँ,त्यस्तै हाम्रो कला अरुलाई चिनाउन सक्नेछौं,यस्ता कार्यले संसारभरिका भाषा संस्कृतिका विषयमा मन्थन हुनेछ।

उनले भाषा कला संस्कृतिको समन्वय र अन्तरसम्बन्धलाई स्थापित गर्न मद्दत पुग्ने बताए।

मन्त्री पाण्डेले यस्ता महोत्सवले विद्यार्थीहरूलाई विभिन्न देशका कला संस्कृति भाषा र सभ्यताको बारेमा बृहत जानकारी दिने महत्वपूर्ण काम गरेको बताए।

 

ब्राइट फ्युचर माध्यमिक विद्यालय, कलेज ललितपुरको आयोजना तथा स्कुल थिएटर नेपाल र ओसज थिएटर एण्ड फिल्म स्टुडियो, रातोपुलको सहआयोजनामा पाँच दिनसम्म चल्ने महोत्सव मङ्सिर १८ गतेबाट सुरु भई २२ गते शनिबार सम्पन्न गर्ने कलेजका प्रधानाध्यापक बासुदेव कोइरालाले

जानकारी दिए।