काठमाडौं । नेपाल मगर संघ केन्द्रिय समितिको सह–अध्यक्ष गंगाबहादुर थापा मगरले माघे संक्रान्ति मगर समुदायको लागि नयाँ वर्ष नै भएको बताएका छन् ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनले माघे संक्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड भएको बताए ।
उनले भने, ‘मकर संक्रान्तिलाई हामी मगर संक्रान्ति भन्छौं । खास गरी यो माघे संक्रान्तिको रुपमा हामी प्रत्येक वर्ष पुसको २९ गते र माघ १ गते मनाउँने गर्छौं । २०६५ सालदेखी मगरहरु मनाउँदै आएका छौं । यो हाम्रो नयाँ वर्ष पनि हो । वैज्ञानिक हिसावले हेर्ने हो भनेदेखी आज हामीले गत साउनमा क्रकट संक्रान्तिमा खोलिएका बाजाहरु अब यो माघे संक्रान्ति आजबाट हामीले बजाउने बाजाहरु बन्द गरेर खेतिपातितर्फ लाग्छौं । यो मगरहरुको मनोरञ्जनको अन्तिम चाड हो।’
साथै उनले माघे संक्रान्तिले माइति चेलिहरुको सम्बन्धमा सुमधुर सम्बन्ध बढाउने समेत बताए । उनले माघे संक्रान्तिलाई मगर समुदायले देशमा मात्र नभैइ विदेशमा समेत मनाउँन आग्रह गरे ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ