सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १४ चैत्र २०८१ / Friday, 28 March 2025

कवाडी व्यवसाय हटाउन डोजर चलाइने, बोतल र हतियार प्रयोग भएकोमा चिन्ता

प्रकाशित समय: शुक्रवार, ०८ : १५ बजे फाल्गुन २ गते



कवाडी व्यवसाय हटाउन डोजर चलाइने, बोतल र हतियार प्रयोग भएकोमा चिन्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कवाडी व्यवसाय हटाउन डोजर अभियान सुरु गर्ने जानकारी दिएको छ । 

 

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगर प्रहरी प्रमुख राजु पाण्डेले कवाडी व्यवसायले बस्तीमा जोखिम पैदा भएको स्थानीयकै गुनासो भएको भन्दै सम्झाएर नमानेमा डोजर चलाएर कवाडी व्यवसाय हटाउने जानकारी गराए । 

 

उनले भने,‘स्थानीय तहको प्रहरीले सरकारको आदेश र निर्णय नै कार्यान्वयन गर्ने हो । त्यो कुरालाई नबुझेर त्यसमा हुने जेखिमका कुराहरु छन् । अब आउने चैत्र बैशाखको हावाहुरीले विभिन्न टहराहरु भत्किएर उडाएर बस्तीमा जोखिम हुने अवस्था छ । त्यो सम्पूर्ण रुपमा हटाउनलाई सम्झाएर नमाने निर्मम तरिकाले डोजर लगाउने काम सुरु गर्छौं । उहाँहरुलाई खुला ठाउँमा लगेर सार्न अनुरोध गर्दछौं । मान्नु भएन भने योजनावद्ध रुपमा कवाडी हटाउने अभियानमा लाग्नेछौं ।’

 

त्यस्तै उनले महानगरपालिका भित्र जोखिम हुनेगरी विभिन्न किसिमका अस्थायी मापदण्डविपरीतका टहराहरु निर्माण गरी कवाडी व्यवसाय गरिहेको र विगतदेखि नै सम्झाउँदा पनि उल्टै प्रहरीमाथि आक्रमण हुने गरेको बताए ।

 

व्यवसायीले हात हतियार, सिसाका बोतल लिएर महानगर प्रहरीमाथि आक्रमण गरेको तर सत्यलाई बङ्ग्याएर विभिन्न किसिमको टिकाटिप्पणी भएकोमा दुःख व्यक्त समेत गरे । 

 

उनले भने,‘काठमाडौं महानगरपालिका भित्रको आवसीय क्षेत्रमा जोखिम हुनेगरी विभिन्न किसिमका अस्थायी मापदण्डविपरीतका टहराहरु निर्माणगरी कवाडी व्यवसाय सञ्चालन गरिराखेको अवस्था थियो । हामीले सम्झाउँदा पनि नमानेको कारण र विगत एक वर्षदेखि काम गर्दा पनि अटेरी गरेको र हटाउन जाँदा पनि विभिन्न हात हतियार, सिसाका बोतल लिएर महानगर प्रहरीमाथि आक्रमण गर्ने र जुन सत्य हो त्यसलाई बङ्ग्याएर विभिन्न किसिमको टिकाटिप्पणी भएको छ । स्थानीय जनताको पीर मर्काको आधारमा हटाउन लागेको हो । तर विभिन्न फोरममा जुन भ्रम सृजना भएको छ, त्यसप्रति महानगर प्रहरी दुःख व्यक्त गर्दछ ।’

 

साथै नगरपालिकाभित्र फोहोरमैला गर्नेलाई कारबाहीको दायरामा ल्याउने पनि उनले जानकारी दिए ।