काठमाडौं । नेपाल स्काउट, बागमती प्रदेश स्काउट र स्थानीय स्काउट कार्यालय चितवन रत्ननगरको संयुक्त आयोजनामा सम्पन्न अन्तरविद्यालय लोक नृत्य प्रतियोगितामा पञ्चकन्या विद्या मन्दिरले प्रथम स्थान हासिल गरेको छ।
‘स्काइराइडर आवासीय माध्यमिक विद्यालय प्राविधिक तथा जीवन उपयोगी शिक्षा’ मा सम्पन्न प्रतियोगितामा २५ विद्यालयका छात्र-छात्राहरूले सहभागिता जनाएका थिए।
कार्यक्रम संयोजक गिरिराज कंडेलको सभाध्यक्षतामा सम्पन्न प्रतियोगितामा रत्ननगर नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक प्रलाद सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। नगर उप-प्रमुख यादव प्रसाद पाठक, स्काउटका राष्ट्रिय सह-प्रमुख आयुक्त इन्दु सुवेदी, वडा नं १३ का अध्यक्ष पोट बहादुर घिमिरे तथा प्याब्सन चितवनका अध्यक्ष मदन पुरी विशेष अतिथिका रूपमा सहभागी थिए।
यसैगरी, बागमती प्रदेश कार्यसमिति आयुक्त जमुना शर्मा, स्काइराइडर स्कुलका निर्देशक दुर्गा पुरी र एलटी दिनेश पाण्डे समेतको आतिथ्य रहेको कार्यक्रममा स्थानीय शैक्षिक पद्धति आयुक्त रमेशचन्द्र आचार्यले स्वागत मन्तव्य राखेका थिए। स्थानीय प्रमुख आयुक्त देवेन्द्र न्यौपानेले अतिथिहरूलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन स्थानीय सदस्यता वृद्धि आयुक्त लक्ष्मी भट्टले गरेकी थिइन्।
???? प्रथम: पञ्चकन्या विद्या मन्दिर
???? द्वितीय: शिक्षा विकास इंग्लिश स्कूल
???? तृतीय: प्यारागन मा. वि.
???? सान्त्वना पुरस्कार: स्काइराइडर आ. मा. वि.
प्रतियोगिताले विद्यार्थीहरूलाई नेपाली कला, संस्कृति र परम्पराप्रति आकर्षित गराउनुका साथै उनीहरूको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण योगदान पु¥याउने आयोजकहरूले बताएका छन्।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2025. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
अनु घिमिरे
निर्दोष कृष्ण श्रेष्ठ