सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १२ जेठ २०८२ / Sunday, 25 May 2025

सल्यानको शारदा नगरपालिकामा मेयरकप टी २० क्रिकेट शुरु

प्रकाशित समय: शनिवार, ०८ : ५६ बजे बैशाख ६ गते



सल्यानको शारदा नगरपालिकामा मेयरकप टी २० क्रिकेट शुरु

ललितपुर महानगर प्रमुख चिरीबाबुल गरे उद्घाटन 

सल्यान,सल्यान जिल्लामा अवस्थित शारदा नगरपालिकाले आयोजना गरेको दोस्रो शारदा मेयरकप टी २० क्रिकेट शनिवारबाट सुरु भएको छ ।

क्रिकेट संघ सल्यानसँगको समन्वयमा आयोजना गरिएको प्रतियोगिताको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले उ्घाटन गरे । महानगर प्रमुख महर्जनले खेलकुद जगतको चार्मिङ विधा क्रिकेटलाई प्राथमिकतामा राखेर प्रतियोगिता आयोजना गरेकोा प्रशंसा गर्दै शारदा नगरपालिकामा क्रिकेटको उन्नयनका लागि ललितपुर महानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । ललितपुर महानगरले प्रत्येक वर्ष महिला क्रिकेट आयोजना गर्न सहयोग गरेको बताउँदै आगामी दिनमा ललितपुर महानगरले क्रिकेटका अन्य प्रतियोगिता गर्ने धारणा राखे । 

कार्यक्रमलाई सम्बोधन गर्दै शारदाका प्रमुख प्रकाश भण्डारीले क्रिकेट प्रतियोगिता सफल बनाउनको लागि खेलाडी, खेल प्रशिक्षकहरुले अनुशासित र मर्यादित हुनुपर्ने बताए । प्रतियोगितालाई सफल बनाउनको लागि खेलाडीको प्रतिनिधित्व गराउने पालिकाहरुलाई धन्यवाद दिए । भगिनी सम्बन्ध कायम रहेको ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन उहाँको प्रतिनिधिमण्डल प्रति आभार व्यक्त गरे । ्

शारदाका उप प्रमुख सुस्मिता सापकोटाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्ली रावत, क्रिकेट संघ सल्यानका अध्यक्ष तथा वडा  नम्बर २ का अध्यक्ष सबिन हमालले मन्तव्य राखेका थिए । 

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख केशर कुमार न्यौपाने, शारदाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश देवकोटा, सिद्ध कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्का, त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत  खुम बहादुर केसी, नगर प्रबक्ता एवं ११ नम्बर वडा अध्यक्ष राजेश कुमार शर्मा , ४, १३ र १५ नम्बर वडा अध्यक्षहरु किशोर कुमार हमाल, जंग बहादुर बुढा र लोकमान बुढाथोकी, कार्यपालिका सदस्य प्राण कुमार राई लगायतको उपस्थिति रहेको थियो । 

क्रिकेट प्रतियोगिता उदघाटन र दुई पालिकाबीचको असल अभ्यासबारे छलफल महानगर प्रमुख महर्जन शुक्रवार सल्यान पुगेका हुन् । उनको प्रतिनिधि मण्डलमा वडा नम्बर ५ का महिला सदस्य शोभा श्रेष्ठ, वडा नम्बर २० का सदस्य शैलेन्द्र श्रेष्ठ, जीन्सी व्यवस्थापन केन्द्रको बरिष्ठ अधिकृत सागर थापा छन् । 

उक्त अवसरमा प्रमुख अतिथिको रुपमा पाल्नु भएका ललितपुरका प्रमुख चिरीबाबु महर्जन सहित अतिथिहरुलाई मायाको चिनो स्वरुप सल्यानी खुकुरी प्रदान गरिएको थियो । दुवै पालिकाका प्रमुखले खेलाडीहरुलाई हौशला प्रदान गर्नुभयो । कार्यक्रमको सहजीकरण शिक्षा शाखा प्रमुख लिलाधर बबालले गर्नुभएको थियो । बैशाख १५ सम्म संचालन हुने प्रतियोगितामा जिल्लाका ८ पालिकाले सहभागिता जनाएका छन ।