सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, ३० भदौ २०७६ / Monday, 16 September 2019

कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन


प्रकाशित समय: आइतवार, ०६ : ३९ बजे चैत्र १० गते



कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन

काठमाडौँ,रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि ६२ हजारको आवेदन परेको छ ।

 

आज साँझसम्म ६१ हजार ९७८ जनाले आवेदन फारम भरेको इपिएस कोरिया शाखाले जनाएको छ । भाषा परीक्षाका लागि बिहीबार राति १२ बजेदेखि आवेदन फारम भर्न खुला गरिएको थियो ।

 

यही चैत १७ गतेसम्म भाषा परीक्षामा सहभागी हुन आवेदन दिन सकिनेछ । कोरियाली भाषा परीक्षा आगामी जेठ २५ र २६ गते हुनेछ भने आगामी असार १३ गते नतिजा प्रकाशन गरिने इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।