सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १ कार्तिक २०७६ / Friday, 18 October 2019

‘सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै’


प्रकाशित समय: आइतवार, ०७ : १८ बजे जेठ ५ गते



‘सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै’

 काठमाडौँ- नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ ।

 

सहीरुपमा सामाजिक सञ्जालको प्रयोगले फाइदा पुग्ने भए पनि दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना निम्तिएको भन्दै प्रहरीले सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ ।

 

महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले यस्ता विकृति र अपराध रोकथामका लागि नै समुदाय–प्रहरी साझेदारी कार्यक्रम आएको उल्लेख गर्दै अपराधको प्रवृत्ति परिवर्तन भइरहेको जानकारी दिनुभयो ।

 

 महानगरीय प्रहरीवृत्त कालीमाटी र सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको संयुक्त आयोजनामा सुरक्षा सुदृढीकरणसम्बन्धीको अन्तक्र्रियामा उहाँले समुदायको सहयोग प्राप्त भएमा यस्ता अपराध नियन्त्रण गर्न सफलता हासिल गर्न सकिनेसमेत बताउनुभयो ।

 

समाजमा हुने अपराध रोकथाम तथा न्यूनीकरणका लागि समुदाय र प्रहरीबीच सहकार्य गर्ने विषयमा आजै चन्द्रागिरिमा समेत अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।