सत्य, निष्पक्ष र खोजमुलक समाचार
सोमवार, १८ मंसिर २०८० / Monday, 04 December 2023

विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी



प्रकाशित समय: बिहिवार, ०९ : ४७ बजे माघ १९ गते



विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिए अडानी

एजेन्सी/नयाँ दिल्ली । बुधबार शेयरको मूल्यमा गिरावट आएपछि भारतको अडानी इन्टरप्राइजेजले सेयर बिक्री बन्द गरेको छ । अडानी समूहको प्रमुख कम्पनीले बिक्रीबाट उठाएको २.५ बिलियन डलर शेयर २६ प्रतिशतले घटेपछि लगानीकर्तालाई फिर्ता गरिने पुष्टि गरेको छ ।

अमेरिकी लगानी फर्मले धोखाधडीको दाबी गरेपछि समूहका कम्पनीहरूले ९० बिलियन डलर भन्दा बढी आफ्नो मूल्य गुमाएको छ । अडानीले आरोप अस्वीकार गर्दै आएका छन् । संस्थापक गौतम अडानी विश्वको शीर्ष १० धनीको सूचीबाट बाहिरिएका छन् ।

फोब्रसको अर्बपतिहरुको सूची अनुसार अडानी अहिले विश्वको १५औँ धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति  ७४ दशमलब ७ अर्ब डलर छ । गत हप्ता उनी सूचीको तेस्रो स्थानमा थिए ।अर्बपतिले भारतको सबैभन्दा ठूलो कम्पनी अडानी समूह चलाउँछन्। प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजले कमोडिटी ट्रेडिङ, एयरपोर्ट, युटिलिटी र नवीकरणीय ऊर्जालगायतका उद्योगहरू सञ्चालन गरिरहेको छ।

लगानीकर्ताहरूलाई आश्वस्त पार्न असफल भएपछि सोमबार शेयर बजारमा अर्बौं डलर गुमाएको थियो । अमेरिकी लगानी समूह हिन्डेनबर्ग रिसर्चले गत साता एक प्रतिवेदन सार्वजनिक गर्दै अडानी समूह ‘दशकौंदेखि स्टक हेरफेर र लेखा जालसाजी’मा संलग्न रहेको आरोप लगाएको थियो । तर, समूहले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएको थियो ।

ब्लुमबर्गका अनुसार तीन दिनको अवधिमा कम्पनीले बजार मूल्यमा करिब ७१ अर्ब डलर गुमाएको थियो । गत साता पनि अडानी समूहका फर्महरुले करिब ५० अर्ब डलर गुमाएका थिए ।