सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, २६ जेठ २०८० / Friday, 09 June 2023

मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय



प्रकाशित समय: बिहिवार, ०१ : २६ बजे चैत्र ९ गते



मानहानी गरेको आरोपमा राहुल गान्धीलाई दुई वर्षको जेल सजाय

काठमाडौं । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ । साथै अदालतले गान्धीलाई ३० दिनका लागि धरौटी र निर्णयविरुद्ध पुनरावेदन गर्ने अनुमतिसमेत दिएको छ । सन् २०१९ को यो घटनामा राहुल गान्धी दोषी ठहर भएका छन् ।

 

यद्यपि अदालतले फैसला सुनाएपछि उनलाई जमानत दिएको छ । भारतीय दण्ड संहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ ।सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ । मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए ।

 

राहुल गान्धीले बयान दिएका थिए, ‘सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ ?’

 

भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले सो अभिव्यक्तिले आफूलगायत व्यक्तिको मानहानि भएको भन्दै गान्धीविरुद्ध उजुरी दायर गरेका थिए । एजेन्सी