सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, ४ बैशाख २०८१ / Tuesday, 16 April 2024

आज नेपाल र कजाकस्तान भिड्दै



प्रकाशित समय: शुक्रवार, ०९ : २४ बजे जेठ १२ गते



आज नेपाल र कजाकस्तान भिड्दै

काठमाडौँ । एनएससी काभा अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेञ्ज कपको सेममिफाइनल खेल आज हुँदैछन्।

पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तान भिड्नेछन् भने दोस्रोमा घरेलु टोली नेपालले कजाकस्तानसँग खेल्दैछ। भारत र उज्वेकिस्ताबीचको पहिलो सेमिफाइनल दिउँसो साढे २ बजे तथा नेपाल र काजकिस्तानबिचको दोश्रो सेमिफाइनल खेल साँझ ५ बजे शुरु हुनेछ।

नेपाल आज कजाकस्तानलाई हराएर फाइनल पुग्ने योजनामा रहेको छ । नेपाल समूह ए को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । कजाकस्तान पनि नेपाललाई हराएर उपाधि नजिक पुग्न चाहन्छ । कजाकस्तान समूह बी को विजेता बन्दै अन्तिम चारमा पुगेको हो ।

राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेको छ ।