सत्य, निष्पक्ष र खोजमुलक समाचार
आइतवार, १४ आश्विन २०८० / Sunday, 01 October 2023

लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक



प्रकाशित समय: शुक्रवार, १० : ४१ बजे जेठ २६ गते



लुम्बिनी सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याउँदैछ । प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभामा नीति तथा कार्यक्रम पेश गर्न लागेका हुन् ।

 

‘हरेक घर-घरमा प्रदेश सरकार, हरेक गाउँमा प्रदेश सरकार’ नारासहित विगतमा केही राम्रा कार्यक्रमलाई निरन्तरता दिने र केही थप्ने तयारी सरकारको छ । स्थानीय उत्पादनको बजारीकरणको खोजीलगायतकका विषय पनि नीति कार्यक्रममा समेटिएका छन् । जोड दिँदै स्थानीय बजारीकरणमा पनि बाटो खोज्ने नीति ल्याउँदैछ ।

 

सरकारका प्रवक्ता आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री सन्तोषकुमार पाण्डेले नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट पारित भइसकेको जानकारी गराए । बहुवर्षीय आयोजनालाई निरन्तरता र मर्मतसम्भारलाई पनि कार्यक्रममा समेटिनेछ ।

 

पर्यटनको क्षेत्रमा लुम्बिनीलाई केन्द्र बनाएर अन्य क्षेत्रलाई जोड्ने गरी कार्यक्रम ल्याउने योजना रहेको बताइएको छ । घरेलु रक्सीदेखि हस्तकलाका सामग्रीको ब्राण्डिङ गर्ने र त्यसबाट नागरिकको जीवनस्तर बढाउने उद्देश्य पनि राखिएको छ । यस्तै रोजगारीको अवसर सिर्जना गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । ठूला र धेरै बजेट खर्च हुने आयोजनालाई यसपालि अघि नसार्ने तर प्रत्यक्ष लाभप्राप्त हुने योजनालाई अघि सारिने भएको छ ।