रत्ननगर, नेपाली भूमिमा अमन्दानीको सम्भावना नदेखेर विदेश पलायन हुनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दो छ तर केही यस्ता युवा पनि छन्, जसले विदेशमा सिकेका सीपलाई स्वदेशमा प्रयोग गरेर मनग्य आम्दानी गर्नाका साथै केहीलाई लागि रोजगार पनि बनाउन थालेका छन् ।
दश वर्षअघि नेपालबाट अष्ट्रेलिया पुग्नुभएका स्याङ्जा निवासी राम केसी र सागर वगालेले त्यहाँको दुग्ध उद्योगमा मासिक रु आठ लाखसम्म आम्दानी गर्नुहुन्थ्यो । अष्ट्रेलियाको वाल्चा डेरी फार्ममा काम गर्दा बचत गरेको पैसाले उहाँहरूले चितवनको माडी नगरपालिकास्थित वडा नं १ पाण्डवनगरमा सोही डेरीको सिको गर्दै गाई फार्म सञ्चालनमा ल्याउन लाग्नुभएको छ ।
अहिले रु ३६ करोडको लगानीमा गाई फार्मलाई आवश्यक पर्ने भौतिक संरचना निर्माण तथा घाँस खेती शुरु गरिएको छ । फार्मका सञ्चालक केसीका अनुसार अष्ट्रेलियाली प्रविधिको उपकरणसहित आधुनिक फार्म निर्माण गर्ने कामलाई अगाडि बढाइएको छ । उहाँले भन्नुभयो, “अष्ट्रेलियाको हावापानी नेपालसँग मिल्दोजुल्दो छ । वाल्चा गाई फार्मकै सिको गर्दै माडीमा फार्म बनाउन लागेका छौँ ।”
केसीका अनुसार नेपालमा अहिलेसम्म अष्ट्रेलियन प्रविधिमा आधुनिक गाई फार्म सञ्चालनमा आएको छैन । फार्मले माडी नगरपालिका–१ पाण्डवनगरस्थित रिउखोलाको तिरमा स्थानीय व्यक्ति र स्थानीय सरकारको संरक्षणको ५०० हेक्टर उपयोगविहीन जमीनमा ‘साइलेज’ उत्पादन गर्न ३० वर्षका लागि नगरपालिकासँग सम्झौता गरेको छ ।
नेपालमा पाइने होलिस्टेन फ्रिजियन जातको गाईका २०० बाछी चितवन, नवलपरासी, रुपन्देही, मकवानपुरका व्यावसायिक गाई फार्मबाट खरिद गर्ने सञ्चालक केसीले जानकारी दिनुभयो । फार्मले ५०० स्थानीयवासीलाई रोजगारी दिने गाई फार्मका अर्का सञ्चालक सागर बगालेले बताउनुभयोे ।
उत्पादित दूधलाई आफ्नै फ्याक्ट्रीमा दूधजन्य परिकार बनाइने छ । माडीका अन्य कृषकको दूध पनि फार्मले खरिद गर्छ, सञ्चालक केसीले भन्नुभयो, “दूधका परिकारलाई देशमा मुख्य शहरमा निर्यात गर्छौ । यसले विदेशी दूधजन्य परिकारको आयतलाई कम गर्ने छ ।”
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल