सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १३ आश्विन २०८० / Saturday, 30 September 2023

आइ डब्लु एफ एन कराते डो संघ ललितपुरको अध्यक्षमा पुनः प्रविण स्याङ्तान



प्रकाशित समय: शुक्रवार, ०३ : ३७ बजे श्रावण ५ गते



आइ डब्लु एफ एन कराते डो संघ ललितपुरको अध्यक्षमा पुनः प्रविण स्याङ्तान

ललितपुर,आइ डब्लु एफ एन कराते डो संघ ललितपुरको अध्यक्ष पदमा सर्वसम्मत रुपमा प्रविण स्याङ्तान चयन भएका छन्। 

 

खुमलटार स्थीत होटल ट्रिनिटिमा सम्पन्न भेलाले अध्यक्ष स्याङ्तानको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा नातिबाबु महर्जन, सचिवमा शैलेस पहरी, कोषाध्यक्ष प्रतिक श्रेष्ठ रहेको प्रमुख प्रशिक्षक बुद्ध राज नेगीले जानकारी दिए । 

त्यस्तै समितिको सदस्यहरुमा प्रमेश लामा, इन्दिरा श्रेष्ठ, मन्जु तामाङ, रामसुन्दर सिलवाल र शरद लामा रहेका छन् । 

 

आज सम्पन्न भेलाले नयाँ कार्यसमिति चयन गरेको हो । भेलामा जिल्ला खेलकुद विकास समिति ललितपुरका अध्यक्ष विनोद महर्जन, नेपाल कराते महासंघ ललितपुरका अध्यक्ष दयाराम महर्जन, नेपाली कांग्रेस वागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे लगायतको उपस्थिति रहेको थियो।