सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १३ आश्विन २०८० / Saturday, 30 September 2023

भ्रष्ट नेतालाई आध्यात्मिक चिन्तन गराउन जरुरी : डा. तोसीमा कार्की



प्रकाशित समय: मगलवार, ०५ : ५१ बजे भदौ २६ गते



भ्रष्ट नेतालाई आध्यात्मिक चिन्तन गराउन जरुरी : डा. तोसीमा कार्की

ललितपुरको गोदावरी २५ भदौ रासस : राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य माननीय डाक्टर तोसीमा कार्कीले, भ्रष्ट नेता तथा नेतृत्व राजनीतिक कर्ताहरुलाई आध्यात्मिक चिन्तन गराउन जरुरी छ । उहाँहरूको मन र बिचार शुद्ध भए भने मात्र देश अगाडि बढ्छ भनिन् ।

   गोदावरी वडा १४ बाँडेगाउँमा  भइरहेको श्रीमद्भागवत् महायज्ञको आयोजक मामा अनाथालय आश्रममा  कार्कीले, नेतृत्व पदमा भएका नेतृत्व राजनीतिक कर्ताहरुलाई  करोडौँ भ्रष्टाचारी गर्ने गर्छन् भने वहाँहरुलाई श्रीमद्भागवत् काथमा भएका १८ हजार तीन सय 35 आध्या सुन्न जरुरी भएको बताउनुभयो ।

  "चार जात छत्तिस वर्णको साझा फुलबारी" व्याख्या गर्दै । " उहाँले भन्नुभयो जन्म र मृत्युको यात्रा कस्तो गर्ने त्यो हाम्रो हातमा छ ।" 

  "धर्म मन्दिरमा मात्र हैन, कर्ममा पनि गरौं । धर्म मन्दिरमा हैन घर र समाजमा पनि गरौ ॥ " कविता को लयमा भक्तजनहरुलाई सुनाउँदै आश्रमलाई सदैव मेरो तर्फबाट रहन्छ भन्दै धन्यवाद तथा शुभकामना दिनुभयो ।