काठमाडौ, २६ भदौ । दुई दिन बढेको बजारमा फेरि करेक्सन आएको छ । मंगलबार नेप्से सूचक १९.४२ विन्दुले घटेर १९६७.५७ अंकमा आएर अडिएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह घटेका छन् ।
यसअघि निरन्तरजसो घटेको नेप्से आइतबार र सोमबार भने बढेको थियो । दुई दिनमा सूचक करिब ५४ अंकले बढेको थियो । विशेषगरी सोमबार नेप्से सूचकमा आकर्षक ढंगको वृद्धि भएको थियो । तर यसरी बढेको बजारले मंगलबार भने निरन्तरता पाउन सकेन ।
यस दिन २७६ कम्पनीको ३९ लाख १६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ५६ लाख रुपैयाँसहित कारोबार रकममा नेपाल एसबीआई बैंक अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र एभरेष्ट बैंक परेका छन् ।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2023. Local Media Publication Pvt. Ltd. All rights reserved. Website Design by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
अप्सरा तिमल्सिना
संवाददाता:
--