सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, ३० चैत्र २०८० / Friday, 12 April 2024

राजधानीमा राप्रपाको विरोध प्रदर्शन



प्रकाशित समय: बुधवार, ०३ : ४६ बजे भदौ २७ गते



राजधानीमा राप्रपाको विरोध प्रदर्शन

काठमाडौं, २७ भदौ ।गौवंश हत्याको विरोध, भ्रष्टाचारका काण्डको पूर्ण छानविन गर्नुपर्ने लगाएतका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यका केन्द्रीत विरोध प्रदर्शन गरेको छ ।

 

भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानविनको दायरामा ल्याउन, सुन तस्करी लगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्ण छानबिन गर्न दवावका साथै गौवंश हत्या रोक्नुपर्ने भन्दै राप्रपाले काठमाडौंको भृकुटिमण्डपबाट शान्तिबाटकासम्म विरोध र्यालीसहित प्रदर्शन गरेको हो ।

 

उनीहरुले गौ हत्या बन्द गर, हिन्दुराष्ट्र कायम गर, गणतन्त्र खारेज, विदेशी दलाल होसियार लगातका नारा लगाएका थिए । हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दवाव दिन पनि विरोध प्रदर्शन गरिएको राप्रपाले जनाएको छ । विरोध प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ नेता डा प्रकाश चन्द्र लोहनी लगाएतका शीर्ष नेताहरु पनि सहभागी भएका थिए ।