सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, १३ आश्विन २०८० / Saturday, 30 September 2023

अब छिट्टै नेपाल हिन्दुराष्ट्र बन्छ : राप्रपा अध्यक्ष लिङ्देन



प्रकाशित समय: बुधवार, ०६ : ०३ बजे भदौ २७ गते



अब छिट्टै नेपाल हिन्दुराष्ट्र बन्छ : राप्रपा अध्यक्ष लिङ्देन

ललितपुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले नेपाल छिट्टै हिन्दुराष्ट्र घोषणा हुने बताएका छन् । गोदावरी नगरपालिका वडा १४ बाँडेगाउँस्थित श्रीमद्भभागवत् महायज्ञमा सहभागी हुने क्रममा अध्यक्ष लिङ्देनले यस्तो घोषणा गरेका हुन्।

 

 

उनले हिन्दुराष्ट्र समाप्त गरेर २०७२ को संविधानमा धर्मनिरपेक्ष घोषणा गर्नु गलत भएको टिप्पणी गरे। उनले भने,"म भन्छु,  "झुक्याएर नेपाली जनता र राष्ट्रियलाई जुन धर्मनिरपेक्षताको भारी बोकाइयो त्यहीँ दिनदेखि नै धर्मनिरपेक्ष हुनहुँदैन नेपाल हिन्दू राष्ट्रिय हुनुपर्छ भनेर देशमै पहिलोचोटि पूर्वबाट आन्दोलन गर्ने र आवाज उठाउने लिम्वुको छोरा हुँ म।" 

 

अध्यक्ष लिङ्देनले हिन्दुराष्ट्र भनेको कुनै जात धर्म विशेषले मात्र नभई नेपाली जनताको एकता र नेपालको पहिचान तथा सम्पूर्ण नेपाली जनताको अस्तित्वसँगको जोडिएको विषय हो । अब हामी एक भयौं भने छिटो हाम्रो देश हिन्दु राष्ट्र बन्ने छ नेता लिङ्देनले बताए। 

 

उनले आफूलाई राजनीतिक कार्यक्रम भन्दा बढी हिन्दुत्व सँग जोडिएका कार्यक्रममा सहभागी हुँदा खुसी हुने बताए। नेता लिङ्देनले पछिल्लो समय धार्मिक एवं सामाजिक एकता लाई बिथोल्ने प्रयास भैरहेकाले सजगता अपनाउनुपर्ने उल्लेख गरे।