सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १० बैशाख २०७६ / Tuesday, 23 April 2019

मृगौला रोगीलाई काङ्ग्रेस क्षेत्रिय उप सभापति लामाले गरे आर्थिक सहयोग

..
प्रकाशित समय: सोमवार, ०६ : २६ बजे माघ १४ गते



मृगौला रोगीलाई काङ्ग्रेस क्षेत्रिय उप सभापति लामाले गरे आर्थिक सहयोग

ललितपुर, दुवै मृगौला फेल भएका कोन्ज्योसोम गाँउपालिका वडा नं २ शंखु निवासी चेतमान तामाङलाई नेपाली काँग्रेस ललितपुर क्षेत्र नं १ का क्षेत्रिय उप सभापति रामकृष्ण लामा (इन्द्र)ले आर्थिक सहयोग गरेका छन्।

 

दुबै मृगौला फेल भएका तामाङको मिर्गौला डाइलेसिस गर्न केही राहत होस् भनेर आफुले सहयोग गरेको नेपाल तामाङ घेदुङका केन्द्रिय सचिव समेत रहेका लामाले बताए।

 

काठमाडौंको बयोधा हस्पिटलमा उपचार गराइरहेका चेतमान तामाङ्गलाई भेटि लामाले नगद १० हजारको बैंक अफ काठमाण्डूको चेक हस्तान्तरण गरेका हुन्।