सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १० बैशाख २०७६ / Tuesday, 23 April 2019

नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्णका प्रधानसम्पादक थापालाई

..
प्रकाशित समय: शनिवार, ०९ : ३६ बजे माघ १९ गते



नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्णका प्रधानसम्पादक थापालाई

विराटनगर - नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्टका प्रधानसम्पादक हरिबहादुर थापालाई प्रदान गरिएको छ ।

 

कोइरालाको १२ औं स्मृति दिवसको अवसरमा पत्रकार थापालाई २५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिएको हो । नोना कोइराला स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा पत्रकारिता पुरस्कार तथा सामाजिक सम्मान समारोहको आयोजना गरी थापालाई पुरस्कृत गरेको हो ।

 

प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले पुरस्कार राशि सहित दोसल्ला र प्रमाणपत्र प्रदान गरेका हुन् । पुरस्कार ग्रहणपछि थापाले नेपाली प्राजातान्त्रिक योद्धाको नामबाट स्थापना गरिएको पुरस्कार पाउँदा आफूलाई गर्व महसुश भएको बताए ।

 

पत्रकारिताका माध्यमबाट भ्रष्टाचार विरुद्ध कलम चलाउँदैआएका थापालाई मुलुकको सुशासन कायम एवं लोकतन्त्रका लागि भूमिका खेलेको भन्दै सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष डा. नारायण कुमारले जानकारी दिए ।

 

यस क्रममा नोना कोइराला स्मृति सामाजिक सम्मान तोरणमानसिंह प्रधान, राधाप्रसाद घिमिरे, बन्नी नेपाल, गोपाल शर्मा र नारायण अर्याललाई प्रदान गरियो ।

 

लामो समयदेखि लोकतन्त्रका लागि क्रियाशील भएकाले मीना गिरीलाई पनि सम्मान गरियो । प्रतिष्ठानले नोना कोइरालाको स्मृति दिवसको अवसरमा साताव्यापी विभिन्न कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

 

नेपाली महिला मुक्ति आन्दोलनकी योद्धा कांग्रेस नेतृ कोइरालाको २०६३ माघ १४ गते निधन भएको थियो ।