लस एन्जेल्स, संयुक्त राज्य अमेरिका, -अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा शनिबार अत्यधिक बर्षासँगै शक्तिशाली आँधी आउँदा यस क्षेत्रका प्रमुख राजमार्गहरू आंशिक रूपमा अवरूद्ध बनेका छन् ।
आँधीपछि ठूलो बाढी आउने सम्भावना रहेको यहाँको मौसम विज्ञान विभागले जनाएपछि स्थानीय सरकारले बाढीबाट प्रभावित हुनसक्ने कतिपय होचा स्थानहरूलाई खाली गरेको बताइएको छ ।
आँधीले राजमार्गहरूमा पहिरो तथा रूख ढालेपछि कतिपय राजमार्गहरू आंशिकरूपमा अवरूद्ध बनेका छन् । क्यालीफोर्निया यातायात विभाग (सेल्ट्रान्स)का अनुसार प्रशान्त महासागरीय तट क्षेत्रको राजमार्ग लस पोसास रोडबाट विहानैदेखि अवरूद्ध भएको छ । उक्त क्षेत्रमा आँधीपछि आएको बाढीले सडकमा थुपारेको हिलो माटोलाई हटाउन नसक्दा आवागमन प्रभावित बनेको हो ।
आँधीका कारण मालिबुको ब्रोड बिच, बिगसुर बाट दक्षिणी क्षेत्र, सेन्ट बार्बारामा रहेको मिलपास सडक क्षेत्र, भेन्तुराबाट दक्षिणी क्षेत्रमा आवागमन प्रभावित बनेको छ । स्थानीय अधिकारीले आई–५ राजमार्ग पूर्णतया अवरूद्ध भएको भन्दै सेल्डन सडक नजिकका वैकल्पिक सडकको प्रयोग गरेर गन्तव्यमा जान वा अर्को सूचना जारी नहुँदासम्म सुरक्षित स्थानमा पर्खन आग्रह गरेका छन् ।
आँधीका कारण रेलका लिकमा हिलोको थुप्राहरू जमेका सूचनाका आधारमा भेन्चुराबाट आउने रेल सेवामा पनि केही ढिलाइ भएको बताइएको छ । राष्ट्रिय मौसम सेवाले दक्षिणपूर्वी भेन्तुराको उलसे फाएर, हिल फाएर सान्त मोनिका क्षेत्रका आगामी केही समयसम्म बाढी तथा पहिरोको खतरा हुने बताउँदै नागरिकलाई सुरक्षितस्थलतर्फ जान भनेका छन् ।
आइतबार दिउसोसम्म पनि थप बर्षा हुने र यसबाट बाढी तथा पहिरो जानसक्ने सम्भावना रहने भन्दै सावधानी अपनाउन एनडब्लुएसले निर्देशन दिएको छ । (रासस÷सिन्ह्वा)
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976, 9851219411
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2019. Local Media Publication Pvt. Ltd. All rights reserved. Maintained by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
निर्देशक / सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
सूचना प्रसारक:
निर्दोष कृष्ण श्रेष्ठ
9849030347
nirdosh.shrestha@gmail.com
बजार व्यवस्थापक:
कमल प्रसाद दहाल
रामकाजी गोले तामाङ्ग
संवाददाता:
नवराज सापकोटा
कमला तामाङ्ग
वेबसाइट डेभलपमेन्ट समूह:
निर्दोष कृष्ण श्रेष्ठ, शैलेन्द्र अधिकारी
कार्यालय व्यवस्थापन: