सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ११ फाल्गुन २०७५ / Saturday, 23 February 2019

सभापति देउवा रहेसम्म पार्टी कमजोर हुने -शेखर कोइराला

..
प्रकाशित समय: सोमवार, ११ : ३४ बजे माघ २१ गते



 सभापति देउवा रहेसम्म पार्टी कमजोर हुने -शेखर कोइराला

 सुनसरी- काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले काग्रेंस सभापति शेरबहादुर देउवा रहेसम्म पार्टी कमजोर हुने बताउनुभएको छ । 

 

नेपाल महिला सङ्घले आयोजना गरेको नोना कोइरालाको बाह्रौँ स्मृति सभालाई सम्बोधन गर्दै कोइरालाले समयमै अधिवेशन गरेर नेतृत्व परिवर्तन नगरेसम्म पार्टी नसुध्रने बताउनुभयो ।

 

नेपाली काङ्ग्रेस इतिहासमै सबैभन्दा कमजोर बनेको भन्दै त्यसको सबैभन्दा उत्तम विकल्प नेतृत्व परिवर्तन रहेको उहाँले बताउनुभयो  ।

 

‘हिजो काङ्ग्रेस नेतृत्वले उम्मेदवारको टिकट वितरणमा न्याय गर्न नसक्दा काङ्ग्रेसको यो हालत भएको हो,’ उहाँले भन्नुभयो, ‘टिकट राम्रो मान्छेले पाएको स्थानमा पनि अन्तर्घातले नराम्ररी गाँज्यो ।’

 

पार्टी गुट उपगुटले मात्रै होइन गिरोहले चलाउँदै गएको उहाँले बताउनुभयो। नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको कार्यकाल सकिन लागेको भन्दै उहाँले यो नेतृत्वको दिनगन्ती शुरु भएको बताउनुभयो । बहुमत छ भनेर कार्यकाल लम्ब्याएर टिक्ने दुस्साहस नगर्न पनि उहाँले  चेतावनी दिनुभयो  ।