सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १० बैशाख २०७६ / Tuesday, 23 April 2019

राई र भट्टराई संयुक्त राष्ट्रसङ्घका लागि राजदूतमा नियुक्त

..
प्रकाशित समय: सोमवार, ०७ : ४४ बजे माघ २१ गते



 राई र भट्टराई संयुक्त राष्ट्रसङ्घका लागि राजदूतमा नियुक्त

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले अमृतबहादुर राईलाई संयुक्त राष्ट्रसङ्घ, न्यूयोर्कका लागि नेपालको राजदूत÷स्थायी प्रतिनिधि पदमा आज नियुक्त गर्नुभएको छ

 

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले राईलाई राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

त्यसैगरी राष्ट्रपतिले मणिप्रसाद भट्टराईलाई जेनेभास्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको राजदूत÷स्थायी प्रतिनिधि पदमा आजै नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।