सत्य, निष्पक्ष र खोजमुलक समाचार
शनिवार, ११ फाल्गुन २०७५ / Saturday, 23 February 2019

सरकार दुईतिहाईको घमण्ड नगर, कांग्रेस तिम्रो दम्भ र घमण्ड तोड्न सक्षम छ - नेका सभापति मदन अमात्य

..
प्रकाशित समय: सोमवार, ०८ : १५ बजे माघ २१ गते



सरकार दुईतिहाईको घमण्ड नगर, कांग्रेस तिम्रो दम्भ र घमण्ड तोड्न सक्षम छ - नेका सभापति मदन अमात्य

ललितपुर,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशैभर शक्ति प्रदर्शन गरेको छ। कम्युनिस्ट सरकारले अधिनायकवाद लाद्न थालेपछि कांग्रेसले देशैभरि सडक आन्दोलन गरेको छ।

 

कम्युनिस्ट सरकारले देशमा प्रतिपक्षी छैन भनिरहेका बेला कांग्रेसले सडक आन्दोलन र सदनबाट प्रतिपक्षीको तागत देखाउन सुरु गरेको छ। देशमा सुशासन कायम गर्न नसकेको, संसदीय सर्वोच्चता कायम गर्न नसकेको, भ्रष्टाचारमा लिप्त रहेको, चर्को मूल्यवृद्धि फिर्ता लगायतका १६ वटा मुद्दा उठाएर कांग्रेस सडकमा उत्रिएको हो।

 

कांग्रेसले यसपटक काठमाडौँ उपत्यकामा पनि छुट्टाछुट्टै कार्यक्रम गरेको छ।यसअघि काठमाडौ उपत्यकामा एकैठाउँमा मात्र कार्यक्रम गर्दैआएको कांग्रेसले उपत्यकाका तीनवटै जिल्लामा छुट्टाछुट्टै विरोध प्रदर्शन गरेको छ।

 

यसैबीच नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिले पनि ललितपुरको लगनखेलमा विशाल प्रदर्शन गरेको छ।सरकारको अधिनायकवादको विरोध गर्दै ललितपुर कांग्रेसले सरकारको चर्को विरोध गरेको छ। लगनखेलमा भेलाभै विरोध र्याली सुरु गरेको कांग्रेसले लगनखेलबाट मंगलबजार हुँदै पुल्चोकमा पुगेर कोणसभा गरेको थियो।

 

 

महानगरपालिका ललितपुरको कार्यालय अगाडि आयोजित कोणसभामा बोल्दै नेपाली कांग्रेसका जिल्ला सभापति मदनबहादुर अमात्यले सरकारले जनताको जनमत अनुसार काम गर्न नसकेको आरोप लगाए। उनले सरकार जनताको लागि नभई आफु र आफ्ना कार्यकर्तालाई पोस्न लागिपरेको बताए। उनले भने- "कम्युनिस्ट वामपन्थीहरुलाई भ्रष्टाचारको अखडा बनाउन जनताले दुईतिहाईको जनमत दिएका थिएनन्, केपी ओली नेतृत्वको सरकार भ्रष्टाचार गर्नमै लिप्त छ" भन्दै सभापति अमात्यले कांग्रेसले अहिले विरोध प्रदर्शन मात्र गरेको हो, आन्दोलन गरेको होइन,कांग्रेसले साँच्चिकै आन्दोलन गर्यो भने यो सरकार दुई महिना पनि टिक्दैन उनले भने।

 

 

कम्युनिस्ट सरकारलाई चेतावनी दिँदै सभापति अमात्यले भने- "सरकार तिमी जनताको लागि काम गर, प्रजातन्त्रको लागि काम गर संसदीय व्यवस्थाको मर्यादालाई पालना गर" तर जनताको बहुमत पाएको दुइतिहाइ सरकारको दम्भ देखाउन खोजे ठूलो दुर्भाग्य हुने बताए। 

 

 

उनले पुनः चेतावनी शब्द डोर्याउदै भने "ओली सरकार सोच हामी तिमीलाई मौका दिन चाहन्छौं, हामी तिमीलाई अवसर दिन चाहन्छौं तर तिमी सम्हालिन सकेनौ भने कांग्रेस तिम्रो दम्भ र घमण्ड तोड्न सक्षम छ।"

 

 

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत लगायतका नेताहरुले कम्युनिस्ट सरकारको अधिनायकवादको विरोध गर्दै मन्तव्य राखेका थिए।

 

 

 

 

 

 

 

के के हुन् कांग्रेसले उठाएका कम्युनिष्ट सरकारविरुद्ध १६ वटा मुद्दा

१.सरकारको अधिनायकवादको विरोध

२. संसदीय सर्वोच्चता कायम गर्न माग

३. सरकारको भ्रष्टाचार

४. राज्यआतंक बन्द गर्न माग

५. संसदीय मर्यादा पालना गर्न माग

६. हत्या हिंसा बन्द गर्न माग

७. वाइडबडी भ्रष्टाचारीलाई कारबाही गर्न माग

८. निर्मला पन्त का बलात्कारी र हत्यारालाई कारवाही गर्न माग

९. डाक्टर गोविन्द केसीसँग भएका सम्झौता पूरा गर्न माग

१०. चर्को मूल्यवृद्धि फिर्ता गर्न माग

११. तेत्तीस किलो सुन काण्डका गिरोहलाई कारबाही गर्न माग

१२. अनियमित बुढीगण्डकी ठेक्का बदर गर्न माग

१३. सुशासन कायम गर्न माग

१४. विधिको शासन पूर्ण पालना गर्न माग

१५. होलीवाइनको सन्दर्भ जोडेर परम्परा तोडेको आरोप

१६. राज्यसंचालन पारदर्शी गर्न माग