सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १० बैशाख २०७६ / Tuesday, 23 April 2019

निर्मलाका अपराधीलाई तरुणदलले खोज्छ - तरुण अध्यक्ष जीतजंग बस्नेत

..
प्रकाशित समय: सोमवार, ०८ : ५८ बजे माघ २१ गते



निर्मलाका अपराधीलाई तरुणदलले खोज्छ - तरुण अध्यक्ष जीतजंग बस्नेत

ललितपुर, कांग्रेसले आज सरकारविरुद्ध देशैभर प्रदर्शन गरेको छ।नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको आयोजनामा काँग्रेसले देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको हो। यसैक्रममा ललितपुरका कांग्रेसले पनि ओली सरकारको विरोध गर्दै विरोध प्रदर्शन गरेको छ।

 

आज ललितपुरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै तरुण दल अध्यक्ष जितजङ्ग बस्नेतले ओली सरकार भ्रष्टचारी सरकार भएको बताए। उनले कांग्रेसले चार कम्युनिस्टहरुसँग लड्नुपर्ने बाध्यता रहेको बताउदै कम्युनिस्ट सरकार बनेपछि महँगी बढाउँदै सरकारले जनताको ढाडसेक्ने काम गरेको बताए।

 

बलात्कारी र भ्रष्टाचारीलाई संरक्षण गर्ने ओली सरकारको रबैया विरुद्ध सम्पूर्ण प्रजातन्त्रवादी शक्ति एक हुनु पर्ने बताए।

 

निर्मला हत्याकाण्डको प्रसंगमा बोल्दै अध्यक्ष बस्नेतले गृहमन्त्री रामबहादुर थापाको छोराको पनि डीएनए परीक्षण गर्नुपर्ने बताए ।

 

उनले भने "निर्मलाको हत्या भएको दिन गृहमन्त्री थापाका छोरा कञ्चनपुरमै थिए, उनको चरित्र के हो तरुणदल जान्न चाहन्छ? "उनले निर्मला हत्याकाण्डका अपराधी जो कोही भएपनि कारबाही गराएरै छाड्ने बताए।

 

बस्नेतले निर्मलाका बुवा आमालाई कन्चनपुरमा भेटेको स्मरण गर्दै भने, "निर्मलाका अपराधीलाई तरुणदलले खोज्छ।"

 

उनले भ्रष्टाचारको अन्त्य गर्छु भने ओली सरकार आफूसँगै भ्रष्ट मन्त्रीहरु लिएर सरकार चलाउन लागिपरेको आरोप लगाए।