ललितपुर-जावलाखेलस्थित रिदम न्यूरोसाइकियाट्री हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिले ‘आरटिएमएस’ प्रविधिमार्फत उपचार गर्न सुरुवात गरेको छ।
सोमबार हस्पिटल परिसरमा आयोजित तेस्रो वार्षिक उत्सव पश्चत स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादव र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा उद्घाटन गरेर उक्त प्रविधिको सुभारम्भ गरेका हुन्।
मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने उक्त अस्पतालले यस प्रविधिमार्फत उपचार गरी मानसिक स्वास्थ्यका रोगीहरुको उपचारका लागि सहज वनाउने वताएको छ । हस्पिटलको तेस्रो वार्षिक उत्सव तथा ‘आरटिएमएस’ प्रविधिको उद्घाटन समारोहमा मन्तव्य राख्दै स्वास्थ्य राज्यमन्त्री सरोजकुमार यादवले हस्पिटलले यस्तो प्रविधिको माध्यमबाट उपचार सुरु गरेर राम्रो काम गरेको वताए।
मन्त्री यादवले सार्वजनिक खरिद ऐनका कारण नेपालका सरकारी अस्पतालहरुले गुणस्तरीय उपकरण भित्¥याउन नसकेको वताउँदै नीजि क्षेत्रको यस रिदम हस्पिटलले ‘आरटिएमएस’ प्रविधिको माध्यमबाट उपचार गर्न लागेकोका खुसी व्यक्त गरे।
त्यसैगरी ललितपुर महानगरपालिकाका मेयर चिरीबबु महर्जनले रिदम हस्पिटलसंग महानगरले सहकार्य गरेर अगाडि बढ्ने वताए, मेयर महर्जनले भने, ‘महानगरपालिकाभित्र मानसिक समस्याबाट पीडित भएकाहरुको उपचारका लागि रिदम हस्पिटलसंग मिलेर अध्ययन तथा अनुसन्धन गर्न हामी तयार छौं। महानगर हस्पिटलको नेतृत्वलाई रातो कार्पेट विछ्याएर स्वागत गर्न तयार छ।’
त्यसैगरी उपमेयर गीता सत्यालले ललितपुर महानगरपलिकाभित्र कुनै पनि ब्यक्तिले मानसिक समस्याबाट पीडित भएर बाटोमै जीवन विताउनु पर्ने अवस्था आउन नदिने वताइन्। उनले भनिन्, ‘हामीले मानसिक रोग र विभिन्न कारणबाट पीडित भएर सडकमा आएकाहरुको उद्धारका लागि मानव सेवा आश्रामसंग सहकार्य गरेका छौं। कुनै पनि व्यक्तिहरुलाई हामी सडकै जीवन विताउन बाध्य हुन दिदैनौं।’
अल्का अस्पतालका निर्देशक कुमार थापाले नेपाल जस्तो देशमा ‘आरटिएमएस’ प्रविधिमार्फत उपचार गर्नु महत्वपूर्ण कुरा भएको वताए। प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञ डा.विष्णुविभु घिमिरेले बैदेशिक रोजगारी र द्धन्द्धका कारण मानिसहरुमा मानसिक समस्या आइपरेको वताउदै यसको निराकरणका लागि देशको राजनीतिक नेतृत्वले पहल गर्नु पर्ने वताए।
डा. तुलसी भट्टराईले मानिस स्वस्थ्य हुन मन स्वस्थ हुनु पर्ने वताए। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा बासुदेव काकीले मानसिक स्वास्थ्यका क्षेत्रमा रहेका समस्या समाधान गर्नका लागि नेपाल सरकार र निजी संघसंस्थाहरुबीच समन्वय र सहकार्य हुनु आवश्यक रहेको वताए।
नेपाल मेडिकल एशोशियशनका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले नेपालमा २५ देखि ३० प्रतिशत व्यक्तिहरु कुनै न कुनै किसिमको मानसिक समस्याबाट पीडित भएको वताए।
लोकल मिडिया पब्लिकेशन प्रा. लि.
गोदावरी-१३, ललितपुर, नेपाल
9851000976
info@localmedia.com.np
www.localmedia.com.np
Copyright © 2021. Local Media Publication Pvt. Ltd. All rights reserved. Developed by ITtraders Pvt Ltd
प्रबन्ध निर्देशक / प्रधान सम्पादक:
केदार नाथ दहाल
9851000976
kndahal9760@gmail.com
सम्पादक:
दुर्गा आचार्य
9851219411
aadurga@gmail.com
संवाददाता:
कमल प्रसाद दहाल