सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १९ मंसिर २०८१ / Wednesday, 04 December 2024

ललितपुरमा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

प्रकाशित समय: बुधवार, ०८ : ३७ बजे माघ ३ गते



ललितपुरमा १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

ललितपुर, ललितपुर जिल्लाको १४औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ।

ललितपुर जिल्ला खेलकुद विकास समितिले लगनखेलस्थित बुद्धि विकास मण्डलमा आयोजना गरेको उक्त प्रतियोगिताको प्रमुख अतिथि उपप्रधानमन्त्री तथा रक्षामन्त्री माननीय पूर्णबहादुर खड्काले उद्घाटन गर्नुभएको छ। 

 

तीन दिनसम्म चल्ने प्रतियोगितामा ललितपुर जिल्लाका ६ वटा स्थानीय तहहरू ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्जोसोम गाउँपालिका, बागमती गाउँपालिका र महाङ्काल गाउँपालिकाले भाग लिएका छन् । 

 

६ वटा विद्याका भलिबल, कराँते, एथलेटिक्स, उसु, तेकान्दो, र कबड्डी खेलमा खेलाडीहरूले प्रतिस्पर्धा गर्दैछन् । 

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै रक्षामन्त्री खड्काले, खेलाडीहरूलाई सम्यमित भएर खेल्न अनुरोध गर्नुभयो ।'  'प्रतियोगितामा सहभागी भएपछि हार जित हुन्छ नै तर हरेश खानु हुँदैन हार्ने खेलाडी आगामी वर्षका लागि आफै राम्रो गर्छु भन्ने प्रतिबद्धता लिनुपर्छ र हिम्मतका साथ अगाडि बढ्नुपर्छ भन्नुभयो।

"तीन तहका सरकारले खेलाडीहरूका उन्नति, प्रगति, खेल्ने विकासका लागि खेलकुदमा ध्यानदिन एकदम जरुरी छ। म सरकारको तर्फबाट थप लगानीका लागि केन्द्रित हुने विश्वास तथा प्रतिबद्धता व्यक्त गर्न चाहन्छु" रक्षामन्त्रीले भन्नुभयो।

'अहिले संघीय सरकारले क्रिकेट रंगशालाहरूलाई चाँडै नै बनाएर राष्ट्रिय गौरवका रुपमा अगाडि बढाउन लागेका छन् । त्यसैगरी सबै खेलका लागि खेल्ने ठाउँ हुनुपर्ने तिनै तहका सरकारले भित्र तथा बाहिर खेल्ने ठाउँ बनाउनु पर्छ' उपप्रधानमन्त्री खड्काे आग्रह गर्नुभयो। 

 

ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जनले यस जिल्लाबाट विजय हुने खेलाडी प्रदेशमा खेल्न जानुपर्छ त्यसकारण खेलाडीहरूलाई रेफ्रीहरूले निष्पक्ष ढंगले खेलाइदिन आशा राखेको छु भन्नुभयो । यसले खेलाडी तथा जिल्लाको पहिचान हुने बताउनुभयो।

उद्घाटन सत्रमा खेलाडीहरूले उसु, कराँते तेक्वान्दो तथा नृत्यको प्रदर्शन गरेका थिए ।

कार्यक्रममा संविधान सभा सदस्य मदन बहादुर अमात्य, ललितपुरका संघीय सासंद त्रय उदयशमशेर राणा,प्रेमकृष्ण महर्जन, तोशीमा कार्की, वागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन,मेयर चिरिबाबु महर्जन, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल,मेयर गजेन्द्र महर्जन, रेफ्री, वडा अध्यक्ष, सुरक्षाकर्मी , खेलप्रेमी ,विद्यार्थी, खेलाडी आदिको सहभागिता थियो।