सत्य, निष्पक्ष र खोजमुलक समाचार
मगलवार, १ माघ २०८१ / Tuesday, 14 January 2025

काठमाडौंमा डोल्पो समाजको गुम्वा र सामूदायिक भवन निर्माण

प्रकाशित समय: आइतवार, ०५ : ४९ बजे माघ ७ गते



काठमाडौंमा डोल्पो समाजको गुम्वा र सामूदायिक भवन निर्माण

काठमाडौं । राजधानीमा बस्ने माथिल्लो डोल्पो समूदायलाई मध्यनजर गर्दे काठमाडौंमा डोल्पो समाजको गुम्वा र सामूदायिक भवन निर्माण गरिएको छ । डोल्पो समाजले देशबिदेशमा रहेका शुभेच्छुकहरुको सहयोगमा काठमाडौंको तीनचुलीमा भवन निर्माण गरेको हो । भवनलाई सांस्कृतिक रुपमा निर्माण गरिएको छ । राजधानीमा बसोबास गर्ने डोेल्पा समूदायहरुका लागि बिभिन्न धार्मिक तथा सामाजिक कार्यहरु आयोजना गर्न गुम्वा र सामूदायिक हलहरुको आवश्यकता देखेर डोल्पो समाजको गुम्वा र सामूदायिक भवन निर्माण गरिएको समाजका अध्यक्ष निमा रिन्पोछेले बताउनुभयो । राजधानीमा काम बिशेषले आएकाहरुले पनि उक्त भवनबाट निशुल्क रुपमा सेवा लिन सक्ने डोल्पा समाजले जनाएको छ । समाजका अध्यक्ष रिन्पोछेले सवैको साथ र सहयोगमा भवन निर्माण सम्पन्न भएको भन्दै सवैप्रति आभार व्यक्त गर्नुभयो । 

त्यस्तै डोल्पाको शे–फोक्सन्डो गाउपालीकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङले माथिल्लो डोल्पाबाट राजधानी आएकाहरु सेवा सुविधा दिने उदेश्यले भवन निर्माण गरिएको बताउनुभयो । सामुदायीक, राजनीतिक र सांस्कृतिक रुपमा एकतावद्ध रुपमा राख्न उक्त कार्यले सहयोग पुग्ने भन्दै उहाले यसका शुभेच्छुक सवैको सहयोग प्राप्त भएको बताउनुभयो ।

त्यस्तै डोल्पो समाजका कोषाध्यक्ष दावा धुन्डुप गुरुङले डोल्पो समाजको गुम्वा र सामूदायिक भवनलाई दुःखसुख साट्ने स्थलको रुपमा प्रयोग गरिने बताउनुभयो । डोल्पो समाज निमा रिन्पोछेद्वारा सन १९९७ मा स्थापना गरिएको थियो ।