सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १८ फाल्गुन २०८० / Friday, 01 March 2024

विश्व शान्ति तथा सर्वलोकको कल्याणका लागि हजार अर्पण पूजा



प्रकाशित समय: सोमवार, १० : २१ बजे माघ १५ गते



विश्व शान्ति तथा सर्वलोकको कल्याणका लागि हजार अर्पण पूजा

काठमाडौं । विश्व शान्ति तथा सर्वलोकको कल्याणका लागि काठमाडौंको बौद्धमा हजार अर्पण पूजा आयोजना गरिएको छ । काठमाडौंमा रहेका बिभिन्न गुम्वा, डोल्पाली बासिन्दा लगाएतको उपस्थीतिमा हजार अर्पण पूजा आयोजना गरिएको हो ।

महामहिम कुन्खेन लोङ्छेन राब्जामको परीनिर्वाणा अर्थात समृति दिवसको अवसरमा पूजा आयोजना गरिएको हो । पाल्युल छोक्टुल रिन्पोछेको उपस्थीतिमा भएको पूजापछि गरिब दिन दुःखीका लागि धर्म दान गरिएको गुम्वा बिकासका बोर्ड सदस्य आचार्य निमा छिरिङ गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा सामाजिक क्षेत्रमा योगदान रहेका व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरिएको थियो ।