सत्य, निष्पक्ष र खोजमुलक समाचार
बुधवार, १७ मंसिर २०७७ / Wednesday, 02 December 2020

बागमती गाउँपालिकाको बजेट: कृषि-पर्यटन, बैदेशिक रोजगारबाट फर्केकालाई अनुदान


प्रकाशित समय: बुधवार, ०७ : ३८ बजे असार १० गते



बागमती गाउँपालिकाको बजेट: कृषि-पर्यटन, बैदेशिक रोजगारबाट फर्केकालाई अनुदान

ललितपुर,बागमती गाउँपालिका ललितपुरले आफ्नो बजेटमार्फत नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।गाउँपालिकाले आ.ब ०७७/०७८ को अनुमानित बजेट ४२ करोड ५६ लाख ३ हजार हिजो गाउँपालिकाको सातौं गाउँसभामा प्रस्तुत गरेको हो।

 

गाउँपालिकाको वार्षिक बजेट गाउँपालिकाकी उपाध्यक्ष रन्जना घिमिरे तिमल्सिनाले पेश गर्नुभएको थियो। गाउँसभामा वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले निजी तथा कार्यक्रम पेश गर्नुभएको थियो। गाउँपालिकाले यसवर्ष लोकप्रिय नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो छ ।

 

गाउँपालिकाले पर्यटन विकास कार्यक्रमअन्तर्गत राडर क्षेत्रलाई आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न पर्यटन विकास कार्यक्रम सञ्चालन गर्ने, तिनपाने भञ्ज्याङमा अत्याधुनिक तरकारी संकलन केन्द्र निर्माण गर्ने, गाउँपालिका स्तरीय अस्पताल निर्माण गर्ने कार्यलाई अघि बढाउने भएको छ। त्यस्तै बैदेशिक रोजगार बाट फर्केर आउने युवालाई कृषि, पशुपालन, उद्योग व्यवसायमा आकर्षित गर्न अनुदान दिने नीति लिएको छ।

 

त्यस्तै गत वर्षबाट सुरु गरिएको एकल पुरुष भत्ता वितरणलाई निरन्तरता दिएको छ। गाउँपालिकाले आफ्नो गाउँपालिकाको भवन निर्माण कार्यालय यस वर्षपनि बजेट छुट्याउँदै निरन्तरता दिएको छ। गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखि विशेष जोड दिएर बजेट ल्याएको प्रतिक्रिया दिनुभयो।

 

गाउँपालिकालाई बितिय समानिकरण अनुदान संघिय सरकारबाट ७ करोड ३३ लाख, प्रदेश सरकारबाट ९८ लाख ९४ हजार आर्थिक सहायता प्राप्त भएको छ। त्यस्तै ससर्त अनुदान अन्तर्गत संघिय सरकारबाट १९ करोड ५२ लाख, प्रदेश सरकारबाट २ करोड ३२ लाख ७५ हजार प्राप्त भएको छ।

 

संघिय सरकार राजस्व बाँडफाँडबाट ५ करोड १३ लाख प्रदेश सरकारबाट १ करोड ५८ लाख ३४ हजार प्राप्त हुने गाउँपालिकाका प्रेस संयोजक दीपक घिमिरेले जानकारी दिनुभयो।

बागमती गाउँपालिका को आन्तरिक आयबाट ५ करोड ६३ लाख, रजिस्टेसन दस्तुर बाट ५० लाख गरि गाउँपालिकाको अनुमानित बजेट ४२ करोड ५६ लाख ३ हजार रहेको गाऊपालिका अध्यक्ष लोप्चनले बताउनुभयो।