सत्य, निष्पक्ष र खोजमुलक समाचार
शुक्रवार, १८ फाल्गुन २०८० / Friday, 01 March 2024

महालक्ष्मी नगर समितिद्वारा राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेस नेता बस्नेतलाई सम्मान



प्रकाशित समय: शनिवार, १० : ०५ बजे माघ २७ गते



महालक्ष्मी नगर समितिद्वारा राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेस नेता बस्नेतलाई सम्मान

ललितपुर,नेपाली कांग्रेस महालक्ष्मी नगर समिति ललितपुरको आयोजनामा यहि माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनमा विजयी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष माननीय जीतजंग बस्नेत लाई बधाई तथा सम्मान गरेको छ।

 

नेपाली कांग्रेसबाट उम्मेदवार बनेका नेता जीतजंग बस्नेतले नेकपा एमालेका त्रिलोचन निर्मल पौडेललाई चार हजार १७२ मतान्तरले पराजित गर्दै बिजयी भएका थिए। बस्नेतले छ हजार ५३१ मतभार ल्याउँदा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेल दुई हजार ३५९ मतभारसहित पराजित भए। 

 

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले आउदै गरेको महासमिति बैठकबाट एकताको सन्देश सहित कांग्रेस अघि बढ्ने बताए । उनले पार्टीका कार्यक्रम गर्दा तहगत संरचनाअनुसार छलफल गरेर कार्यक्रम राख्न आग्रह गरे।

वागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरेले राष्ट्रिय सभामा युवाहरुको प्रतिनिधित्वले उर्जा थपेको बताए। 

 

कार्यक्रमका सम्मानित व्यक्तित्व माननीय जीतजंग बस्नेतले ललितपुर बासीले गरेको माया प्रति सधैं ऋणी रहेको बताए। उनले संगठनमा आफूले गरेको इमान्दारिताको कदर र पार्टीले गरेको सम्मानलाई कहिल्यै कमजोर हुन नदिने बताए।

नेता बस्नेतले राष्ट्रिय सभामा कांग्रेस र कांग्रेसका कार्यकर्ताको शीर ठाडो हुने गरि काम गर्ने प्रतिवद्धता जनाए।

 

कार्यक्रममा नगर उपसभापति विवेक कुमार कार्की, महाधिवेशन प्रतिनिधि ऋषा श्रेष्ठ लगाएतका वक्ताहरूले मन्तव्य व्यक्त व्यक्त गरेका थिए।

 

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य दिनेश कुमार शाह, क्रियाशील सदस्य नवराज श्रेष्ठ कदर पत्रद्वारा सम्मान गरिएको थियो 

 

नगर सभापति दिवाकर सिलवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय पदाधिकारी, प्रदेश पदाधिकारी एवं कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो।